चैत २६, २०७६
काठमाडौं : विश्वभर कोभिड-१९ को त्रास बढिरहेका बेला नेपालमा रहेका विदेशी पर्यटकलाई केही राहत हुने भएको छ। बन्दाबन्दी सुरु भएपछि विदेशी नागरिकको प्रवेशाज्ञा मिति सकिएमा त्यस अवधिभरको प्रवेशाज्ञा शुल्क नलिने अध्यागमन विभागले जनाएको छ।
बन्दाबन्दी हुनुभन्दा अगाडि मार्च २१ सम्म नियमित प्रवेशाज्ञासहित नेपालमा भएका विदेशी नागरिकका र तिनीहरुको बन्दाबन्दी पछि प्रवेशाज्ञाअवधि सकिएमा अध्यागमन विभागले नि:शुल्क सेवा दिने अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिएका छन्।
उनका अनुसार बन्दाबन्दी खुलेदेखि एक सातासम्म भिसा निशुल्क गरिनेछ। विमान सेवा ठप्प रहेकोले मानवताको नाता देखाएर भिसा शुल्क निशुल्क गरिने विभागले जनाएको छ।
