देउवालाई प्रचण्ड-माधव नेपाल र झलनाथको फोन

Sharing is caring!

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले फोन गरेका छन्।


सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि प्रचण्ड(नेपाल र उक्त समूहका नेता झलनाथ खनालले देउवालाई फोन गरी कुराकानी गरेका हुन्। मंगलबार बेलुकी प्रचण्ड(नेपाल र खनालको फोन आएको र तीनै जनासँग सभापति देउवाले कुराकानी गरेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा नेकपाको प्रचण्ड(नेपाल पक्ष र कांग्रेसको ठहर थियो।
यसबारे मंगलबार सर्वोच्चले प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएपछि प्रचण्ड(नेपाल र खनालले फोन गरेर बधाइ साटासाट गरेका छन्।

सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गरेर संविधानको रक्षा गरेको विषयमा नेताहरूका बीचमा छोटो कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ।

चितवनमा रहेका प्रचण्डले पनि कांग्रेस सभापति देउवासँग आफूले टेलिफोन गरेर खुसी साटेको बताएका थिए।अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरूसँग छलफल गरी सहमति र समझदारीबाटै अगाडि बढ्ने प्रचण्डको भनाइ छ।


प्रतिनिधि सभा पुनर्स्थापनापछि सभापति देउवाले विज्ञप्ति निकालेर उक्त फैसलाको स्वागत गरेका थिए। तर देउवाले प्रतिनिधि सभा पुनर्स्थापनापछिका अवस्थाबारे छलफल गर्न पार्टीको बैठक बोलाएका भने छैनन्।

देउवाको सचिवालयले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे देउवा महेन्द्रनारायण निधि प्रतिष्ठानले गरेको कार्यक्रममा सहभागी हुनेछन्।

देउवाका सहयोगी भानु देउवाका अनुसार प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने सभापति देउवाको कुराकानी भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here