त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

  • कालिका खवर
  • शनिबार, बैशाख १, २०८१
  • त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राध्यापक प्राडा खड्ग केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाल नियुक्त भएका छन । त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो उनीहरूलाई नियुक्त गर्नुभएको हो ।

    केसी अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुनुहुन्छ भने रिजाल खुला विश्वविद्यालयका डीन र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक हुनुहुन्छ ।

    उनीहरूलाई चैत १५ गते नै उपकुलपति प्राध्यापक केशरजंग बरालले नियुक्तिको लागि सिफारिस गर्नुभएको थियो । सिफारिसअनुसार नियुक्ति दिनुको सट्टा प्रधानमन्त्री तथा कुलपति दाहालले पुनर्विचार गर्न निर्देशन दिएपछि केही समय उनीहरूको नियुक्ति प्रक्रिया लम्बिएको थियो ।

    चौतर्फी दबाब र उपकुलपति बरालको अडानपछि कुलपति दाहालले दुवै जनालाई नियुक्त गर्नुभएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs