ट्रम्पका समर्थकलाई लक्षित गर्दै अमेरिकि रास्ट्रपति बाइडेनले भने: स्वेत सर्वोच्चता आतंकवाद हो !

Sharing is caring!

वासिङटन: अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘स्वेत सर्वोच्चता’ (ह्‍वाइट सुप्रिमेसी)लाई घरेलु आतंकवादको संज्ञा दिएका छन् । जसको विरुद्ध अमेरिका शतर्क रहनुपर्ने उनको भनाइ छ ।

अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने क्रममा बाइडेनले यस्तो बताएका हुन् । अमेरिकी सेनालाई युद्धग्रस्त देश अफगानिस्तानबाट फिर्ता ल्याउनेबारे छलफलको क्रममा बाइडेनले यस्तो बताएका थिए । बाइडेनले विश्वव्यापी आतंकवाद विशाल रुपमा फैलँदै गएको र अस्वेत सर्वोच्चतावादीहरु उनीहरु भन्दा पनि ठूलो खतराको रुपमा देखिएको बताए ।

“हामी हाम्रा जासूसी संस्थाहरु आतंकवादी खतरा बन्न संकल्प गरिरहेको कुरा अस्वीकार गर्न सक्दैनौँ । स्वेत सर्वोच्चता भनेको आतंकवाद हो,” जो बाइडेनले संसदमा भने । ३ महिने कार्यकाल पूरा भएको सन्दर्भमा बाइडेनले संसदलाई सम्वोधन गरेका हुन् । जबकि ३ महिनाअघि पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प ४ वर्षे कार्यकालबाट चुनावमा पराजित हुँदै बिदा हुने क्रममा उनका समर्थकहरुले संसद भवनमै हमला गरेका थिए ।

बाइडेनले ‘स्वेत सर्वोच्चतावादी’ भन्दै तिनै ट्रम्पका समर्थकहरुलाई लक्षित गरेका थिए । बाइडेनले संसद भवनमा ट्रम्पका समर्थकले गरेको आक्रमणको विरोध समेत गरेका थिए । पछिल्लो समय अमेरिकामा अस्वेत नागरिकहरुमाथि श्रृंखलावद्ध रुपमा आक्रमण हुँदै आएको छ ।

अस्वेत नागरिक जर्ज फ्लोइडको हत्याको विरोधमा अमेरिका सहित विश्वभर आन्दोलन भइरहँदा पनि अस्वेत नागरिकमाथिको आक्रमण रोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here