ज्योति लाईफको आईपीओ डिम्याट खातामा, कतिमा हुदैछ कारोबार ?

Sharing is caring!

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर डिम्याट खातामा देखिएको छ । कम्पनीको शेयर जेएलआईको स्टक कोडबाट डिम्याट खातामा देखिएको हो । कम्पनीले फागुन २१ गते देखि २६ गते ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । उक्त आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो ।

५ लाख ९४ हजार जना आवेदकले १० कित्ता दरले शेयर पाएका थिए । कम्पनीको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज नेप्से बाट पहिलो कारोबारको लागि ओपन रेञ्ज रू। १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ पाउने देखिएको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो । कम्पनीको आव २०७६र ७७ को प्रतिशेयर नेटवर्थ रू। १३२ दशमलव ९४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here