चट्याङमा लागेर एक जनाको मृत्यु,आठ जना घाइते

Sharing is caring!

गुल्मी : मुसिकोट नगरपालिका–४ मा चट्याङमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। शुक्रबार बिहान ८ बजे परेको चटयाङमा परी मुसिकोट नगरपालिका–४ की १८ वर्षीय करिष्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

प्रहरीका अनुसार घटनामा आठ जना घाइते भएका छन्। घाईतेको जिल्ला अस्पताल तमघासमा उपचार भैरहेको जनाइएको छ। घाइते हुनेमा सोही ठाउँका ६३ वर्षीय उजिरसिंह गाहा, ६२ वर्षीय तथीकला गाहा, ३७ वर्षीय तुलबहादुर गाहा, ३२ वर्षीय जुनी गाहा, १४ वर्षीय मेलिना गाहा, ८ वर्षीय जोनित गाहा, ३३ वर्षीय चित्रबहादुर गाहा, २८ वर्षीय ज्योतीकला घर्ती गाहा रहेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here