कांग्रेसको हाइकमान्ड बस्दै : नयाँ सत्ता समिकरणबारे के निर्णय होला ?

Sharing is caring!

काठमाडौं : नेपाली कांग्रेसका पदाधिकारी तथा नेताहरूको बैठक बिहीबार बस्दैछ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्‍ने बैठकमा आगामी महाधिवेशनको तयारी तथा संसद पुनर्स्थापनापछि नयाँ राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

बैठकमा सरकार समिकरणका संभावना र सहकार्यका विकल्पबारे छलफल गरेर कांग्रेसले आफ्नो पोजिसन स्पस्ट गर्नेछ। बैठकमा पछिल्लो राजनीतिक अवस्था र महाधिवेशनबारे छलफल हुने जानकारी पार्टी कांग्रेस पार्टी कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।यसअघिको बैठकले यही फागुनमा हुनुपर्ने महाधिवेशनलाई आगामी भदौंमा गर्ने गरी सारेको छ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलगायतका अन्य वरिष्ठ नेताहरू तथा पार्टीका पूर्वपदाधिकारीहरु समेत सहभागी हुने छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपाको ओली पक्ष र प्रचण्ड (नेपाल दुवै पक्षले अब सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न प्रस्ताव राखेका छन्। अहिलेसम्म कांग्रेसले सरकारमा जाने नजाने स्पस्ट गरेको छैन। कानुनी रुपमा अझै पनि नेकपा विभाजित भइनसकेकोले यसको आधिकारिकताको टुंगो लागेपछि मात्र कांग्रेसले आफ्नो रणनीति र प्राथमिकता तय गर्ने बताइएको छ।

ओलीले राजीनामा दिएमा वा उनलाई अविश्‍वास प्रस्तावबाट हटाइएमा नयाँ सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण हुने देखिएको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। नेकपाका १ सय ७३ जना छन्। एउटा पद रिक्त छ। कांग्रेसका ६३ र जसपाका ३४ सांसद छन्। नेकपाका विभाजित समूह र जसपा मात्रै मिलेर सरकार बनाउने संभावन सहज नभएकोले कांग्रेसको भूमिका महत्वपूर्ण देखिएको हो।

यस्तो बेला सरकारमा जानुभन्दा महाधिवेशनको तयारीमा केन्द्रित भएर आगामी चुनावका लागि पार्टीलाई सुदृढ बनाएर लैजानुपर्ने पक्षमा पार्टीका नेता कार्यकर्ता देखिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here