एलोन घिमिरेको संगीतमा रहेको डाडै पिपलको अडियो सार्वजनिक

Sharing is caring!

काठमाडौं । संगीतकार एलोन घिमिरेद्धारा संगीतवद्ध नयाँ गीत डाडै पिपलको अडियो सार्वजनिक भएको छ ।


केही समयअघि रेकर्ड भएको गीत कोरोना महामारीका कारण भिडियो निर्माणमा ढिला हुन गएकोले अडियो सार्वजनिक गरिएको र छिट्टै भिडियोसहित सार्वजनिक गर्ने संगीतकार घिमिरेले बताए । चर्चित गायिका देवी घर्ति र प्रकाश समीरको आवाज रहेको प्रस्तुत गीतमा एलोन घिमिरेको संगीत रहेको छ । शब्द सिर्जना प्रकाश समीर र संगीत डोटेलले गरेका हुन भने गीत समीर मिडियाको अफिसिएल यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज कमल सौरागले गरेका हुन भने अडियो मिक्सिङ खड्ग बाजुरालीले गरेका हुन । गीतको मर्मअनुसारको भिडियो निर्माण गरेर छिट्टै सार्वजनिक गर्ने समीर मिडियाका प्रबन्धक प्रकाश जोशीले बताएका छन् ।

Video Link:

https://www.youtube.com/watch?v=Bwi_KhdQVLY

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here