अमित सुनारको “कमला” सार्वजनिक

Sharing is caring!

काठमाडौं । गायक तथा मोडल अमित सुनारको नयाँ गीत कमला सार्वज्निक भएको छ । नेपाली सांगीतिक क्षेत्रका आशालाग्दो कलाकार अमितले यस अघि पनि दर्जनौं गीतमा आफ्नो उपस्थिति देखाईसकेका छन् । गीत लेख्न, गाउन र अभिनयमा समेत पोख्न अमित पछिल्लो केही वर्षदेखि यस क्षेत्रमा सक्रिय छन् ।

केही दिन अघि रिलिज “कमला मेरो ज्यान सम्हाल” बोलको गीतमा अमितको सुमधुर आवाज सुन्न सकिन्छ। त्यस्तै अमितलाई गायनमा लोकप्रिय गायिका जमुना सनमले साथ दिएकी छिन । गीतको शब्द अनि संगीत अमितले नै तयार पारेका हुन् ।

गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा सुबर्ण दुलाल, बिना विश्वकर्मा, सुनिल बिक, अमित सुनार लगायतका कलाकारहरुलाई देख्न सकिन्छ।

गायक तथा मोडल अमितकै निर्देशन रहेको भिडियो करन चैसिरले खिचेका हुन । भिडियोको सम्पादन राजकुमार मगरले गरेका हुन् । गीत अमित सुनारको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। गीतमा मौलिक शब्दहरु राखिएको छ ।

भिडियो हेर्नुस् ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here