दिगो बिकास प्राप्तिको लक्ष्य र नेपाल

रचना


दिगो बिकास प्राप्तिका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्य दिगो बिकासका एजेण्डा २०३० को एउटा भाग हो, सन् २०१६ जनवरी १ देखि लागु गरिएको उक्त लक्ष्यले १४ बर्ष भित्रमा बिश्वको र समृद्धिको क्षेत्रमा नयाँ आयाम थप्ने परिकल्पना गरेको छ । नेपाल स्थित संयुक्त राष्ट्रसंघको कार्यालयले पनि सन् २०३० सम्म दिगो बिकास लक्ष्य हासिल गर्न सरकार, नागरिक समाज समुदाय र अन्य स्रोत सरोकारवालासंग मिलेर काम गरिरहेको छ । पृथ्वीमा रहेका सबै किसिमका प्राकृतिक स्रोत साधन र वातावरणको भावी पुस्ताको लागि जगेर्ना गरी मानव मर्यादाको र समानताको कायम मात्र नभईकन प्रकृतिसंग समान्जस्यता कायम गर्दै समृद्ध र सम्मुनत जिवन र शान्तिपुर्ण समावेशी समाजको निर्माण गरी बिश्ववयापी साझेदारीबाट दिगो बिकासको एजेनडा कार्यान्वयन गर्ने स्तम्भ यस्ले तय गरेको छ । यी स्तम्भको साथमा यस्लाई खडा गर्ने नयाँ अवसरको सिर्जना गरेको छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने नेपाल पनि दिगो बिकास प्राप्तिका लक्ष्यहरुको साझेदारी राष्ट्रको रुपमा रहेको छ । नेपालले पनि बिभिन्न गतिबिधीहरु गरेर दिगो बिकास प्राप्तिका लागि कदम चालिरहेको छ । जे जति बिकासका कुराहरु रहेका छन् यस्ले सबै कुरालाई समेटेको छ, जस्ले गर्दा नेपाल जस्तो उचित स्रोतसाधन नभएको मुलुकलाई यो पुरा गर्न चुनौतीपुर्ण पनि देखिन जान्छ । राष्ट्रसंघको अगुवाई तयार पारिएको उक्त लक्ष्यहरुको कार्यान्वयन सम्बन्धित राष्ट्रको नै दायित्व हुन्छ । समानता देखि समावेशीबरण अनि जलवायु परिवर्तनदेखि उर्जा र व्यबस्थित शहर निर्माण सम्मका नेपालका अहिले जल्दा बल्दा बिषय दिगो बिकास लक्ष्यमा समेटिएका छन् । जस्ले दिगो बिकासका प्राप्तिका लागि नेपालभित्रका सरकार, सरोकारवालाहरुलाई घच्घच्याउन सकिने वाताबरण तयार पारेको छ । देशभिको स्रोत र साधनलाई नै अधिकांश उपयोगबाट आर्थिक समुन्नती ल्याउने योजनाले नेपालमा पर्यटन, कृषि, व्यापार व्यबसायमा पनि राम्रो समृद्धि ल्याउने देखिन्छ । राष्ट्रिय योजना आयोगले यो बर्षबाट दिगो बिकास प्राप्तीका लागि तोकिएको लक्ष्यलाई समाहित गर्दै योजना कार्यान्वयन गर्न थालेको छ । जस्ले अन्तर्राष्ट्रिय सम्बन्धलाइृ अझ मजवुत बनाउँदै बिकसित राष्ट्रहरुले नेपाल जस्तो मुलुककलाई सहयोग गर्ने वाताबरण बढेको देखिएको छ ।
नेपालमा दिगो बिकासको अवधारणा सर्वप्रथम आठौँ पञ्चबर्षिय योजना देखि भित्रिएको थियो । जुन योजनाले वनजंगल एंव अन्य प्राकृतिक सम्पदाको बिनाश रोक्न बृक्षरोपण तथा बन्यजन्तु संरक्षण जस्ता कार्यक्रमहरुलाई कार्यान्वयन गरेको थियो । नवौँ योजनाले गरिबी निवारण गर्ने प्रमुख योजनाले पनि दिगो बिकासको अवधारणालाई निरन्तरा दिएको पाइन्छ । बिभिन्न योजनाहरुमा दिगो र गरिबी निवारण उन्मुख आर्थिक बृद्धि र त्यसको लागि आवश्यक जनशक्ति तयार गर्ने र समाजमा पिछडिएका वर्गलाई बिकासको मुलधारमा ल्याउने जस्ता आकर्षक कार्यक्रमहरु अगाडि बढेको थियो तरपनि आर्थिक बृद्धिदर उच्च बनाउने र वाताबरणको बिनाशको दर घटाउने जस्ता लक्ष्यहरुमा अपेक्षित प्रगति हासिल हुन सकेको छैन । यसका साथै समग्रमा मुलुकले दिगो बिकासको उदेश्य पुरा गर्ने दिशामा पनि आशातित सफलता हासिल गर्न सकिरहेको छैन । यी लक्ष्य प्राप्तिका लागि सरकारहरुको नेतृत्व एउटा निकै महत्वपुर्ण अस्त्र बन्न सक्छ ।
नेपाल संबिधानको जारी सरकारको आगामी प्रयासहरुलाई अब सामाजिक र आर्थिक बिकासमा केन्द्रित गर्न सकरात्मक योगदान पुगिरहेको छ । नेपाल संबिधानपछि देशको संघिय रुपान्तरणले गर्दा पनि दिगो बिकास लक्ष्य प्राप्तिमा स्थानिय समुदायको सहभागितालाई अझ बढि आवश्यक बनाउँदै लगेको छ । निर्वाचन पछिको आर्थिक बिकास केन्द्रिकित कार्यहरुले नेपालमा स्थानिय समुदायको सहभागितालाई मजबुत बनाउँदै लगेको छ । अबको हाम्रो ध्यान सबैको साझा समस्यामा नै केन्द्रित हुन आवश्यक देखिन्छ । सबैले भोगिरहेको चुनौतिको कुरा गर्ने हो भने राजनितीक अस्थिरतामा सर्वप्रथम ध्यान जान्छ । नेपालको राजनितीक अस्थिरताले सबै किसिमको बिकासलाई प्रभाव पारिरहेको छ । समान सहभागिता, समान बिकासमा भन्दा पनि दल दल बिचको मनमुटावको नतिजा नेपालको बिकास र यहाँ नागरिकको जनजिवनमा परेको देखिएको छ । सम्पन्न चुनावले नेपाललाई दिने नेतृत्व हाम्रो लागि अति नै महत्वपुर्ण बन्न जान्छ । किनकी उक्त नेतृत्वले सबैका लागि लागु हुने, नयाँ र अन्तरसम्बन्धित दिगो बिकास लक्ष्यमा केन्द्रित भएर सबैलाई समेटि सबै किसिमको गरिबी निवारणमा ध्यानाकेन्द्रित भएर सबै नागरिकको सम्मानजनक भविष्य तय गर्ने बाटोमा अघि बढ्नुपर्ने हुन्छ । अनिमात्र बिश्व बदल्ने यो दिगो बिकासको लक्ष्य प्राप्ति गर्नको निम्ती नेपाल पनि सक्षम हुने थियो । दिगो बिकासको लक्ष्य प्राप्तिलाई यथार्थमा परिणत गर्न युएनडिपी र यस साझेदारमा हस्ताक्षर गर्ने बिकसित राष्ट्रहरु नेपालको साथमा सदा रहनेछन् । त्यसकारण उनीहरुको साथलाई शक्तिमा परिणत गरेर नेपाल र समग्र नेपाली जनताको हितमा त्यस साथलाई प्रयोगमा ल्याउन सक्ने नेतृत्वको खाँचो नेपाललाई रहेको छ । बिश्वव्यापी रुपमा रहेको यो कार्यक्रमको एजेण्डाको सकरात्मक परिणाम नेपालको राजनैतिक नेतृत्व। सरकार र जनता स्वयमबाट पनि परिचालन हुन आवश्यक देखिन्छ । यो लक्ष्य हामी सबैको सरोकारको बिषय हो भन्ने मानसिकताका साथ अघि बढेको अबको १३ बर्षमा नेपाल पनि दिगो बिकास लक्ष्य प्राप्ति गर्न सक्षम बनिसकेको हुनेछ ।

सलिना नगरकोटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *