प्रदेश २ को मुख्यमन्त्रीमा फोरमका ७ नेताको उम्मेदवारी

Uncategorized


२१ माघ, जनकपुरधाम । प्रदेश २ को भावी मुख्यमन्त्री मानिएको संघीय समाजवादी फोरम, संसदीय दलका लागि सात जनाको उम्मेदवारी परेको छ । फोरमको दलको बैठक अहिले बसिरहेको छ । त्यही रेणु यादव संयोजक रहेको निर्वाचन कमिटीले उम्मेदवारी दर्ताको समय दिएको थियो ।

एक प्रदेशसभा सदस्यका अनुसार दलको नेताका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । यसमा मुख्यमन्त्रीको दावेदारत्रय लालबाबु राउत, विजय यादव र शैलेन्द्र साह पनि छन् ।
निर्वाचन समितिले साँझ ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *