डिपबोरिङबाट खानेपानीको समस्या समाधान गर्दै धादिङको सिद्धलेक,सम्पन्न भयो आठ वटा आयोजना

Sharing is caring!


असार-१०
काठमाण्डौ,

धादिङको सिद्धलेक गाउँपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न गाउँपालिका अग्रसर देखिएको छ। साविकको नलाङ सलाङ र कुम्पुर गा. वि. स मिलेर बनेको उक्त गाउँपालिकाको माथिल्लो बस्तिहरुमा रहेको खानेपानीको समस्या समाधान गर्न बिभिन्न संघ संस्था र स्थानीयको सहयोगमा खानेपानीको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु भइरहेकोछ । त्यस मध्य डिपबोरिङ सबैभन्दा ठुलो र रुचाइएको आयोजना हो । यसले धेरै क्षेत्रका उपभोक्तालाई सेवा पुर्याउने भएकाले यस आयोजनालाई जोडतोडले अघि बढाएको अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिनुभयो ।

हालसम्म सिद्धलेक गाउँपालिकामा आठ वटा डिपबोरिङबाट पानि निकाल्ने काम पुरा भइसकेको छ भने तिन वटा डिपबोरिङबाट एक घर एक धारा कार्यक्रममा खानेपानी खुवाउने काम सम्पन्न भएको पनि जानकारी दिनुभयो ।

कहाँ कहाँ भएत डिपबोरिङ:

१ . वड नं ३ को दुमि डाडामा [साविकको सलाङ]
२ . वडा नं ३ को मुलावारिमा [साविकको सलाङ]

३ .वडा नं २ को ठॉटीको ढल्के पिपलमा [साविकको नलाङ]
४ . वडा नं ५ को कॉम्रामाङमा [साविकको कुम्पुर]

५ . वडा नं १ को दमै डाडामा ( कटुवाले डाडा )[साविकको नलाङ]
६ . वडा नं ६ को इरुजु हटिया खानि गाउमा [साविकको कुम्पुर]
७ . वडा नं ७ को अमेलि छापमा [साविकको कुम्पुर]
८ . वडा नं १ को अर्चलेमा [साविकको नलाङ]

हाल सम्म एक घर एक धारा ३ ठाउमा सम्पन्न भएको छ । जस्मा कॉम्राङ,मुलॉवारि,दुमिडाडामा संचालन भएको छ अब अन्यठाउँमा क्रमै संग एक घर एक धारा संचालन हुदै जाने कुरा उहाँले जानकारि दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here