बाबुरामको राजनितिक यात्रा कुहिरोमा हराएको काग जस्तै हुने निश्चित : प्रचण्ड

Sharing is caring!

काठमाडौं, बैशाख ३१ – पूर्व नयाँ शक्ति पार्टीका दुई दर्जन युवा विद्यार्थी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नयाँ शक्ति विद्यार्थी नेता रबिन खड्कासहित अन्य बिधार्थी नेताहरु नरेन्द्र खड्का, गौतम श्रेष्ठ, विमल खड्का, युवा ब्यवसायी उमेश भण्डारी,अशोक भण्डारी, सुजन लामिछाने, नविन भण्डारी लगाएतका सयौ युवा नेकपामा प्रबेश गरेका हुन् ।


गोरखा सहिद लखन गाउँपालिकाका युवाहरुलाई सोमवार नेकपाका अधक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा एक कार्यक्रमका बीच पार्टी प्रबेश गराएका हुन् । त्यस अबसरमा नेता नारायण काजी श्रेष्ठ, हरिराज अधिकारी लागयत नेताहरुले समेत उनीहरुलाई स्वागत गरेका थिए । देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्ला भन्दा झन् स्खलित हुँदै गएकोले पार्टी परित्यागको घोषणा गरेको उनीहरूले बताएका छन् ।

खड्का विगत १२ वर्ष अघिदेखि वाम विद्यार्थी राजनीतिमा सक्रिय व्यक्ति हुन् । राजनीतिक जीवनको क्रममा खड्कालाई विस २०७० को दोस्रो संविधान सभा निर्वाचनमा गोरखा क्षेत्र न १ मा बुथ क्याप्चर गरेको आरोप समेत लगाएको थियो । उक्त निर्वाचनमा डा बाबुराम भट्टराई गोरखा क्षेत्र न १ बाट विजय बनेका थियो ।

पार्टी प्रवेश कार्यक्रममा मनतव्य राख्दै खड्काले भने, एउटा लाटोको मति बिग्रियो भने खरबारी डढेलो लगाउछ, एउटा विद्दान बौलायो भने सात गाउँ जलाउछ, ठिक अहिले गोरखालि जनताहरुलाई त्यस्तै भएको छ । खड्काले पछिल्लो समय बाबुरामको राजनीतिक यात्रामा मेल प्रोस्टिच्युटको भुमिकामा बाबुरमा देखेको आरोप समेत लगाए ।
त्यस्तै बाबुरामले पछिल्लो समय समाजवादी यात्राको नाममा जातिय एजेण्डालाई प्रमुख बनाउनु र सरकारले आर्थिक हिसाबले धान्न नसकेको सात वटा प्रदेशलाई ११ वटा बनाउने कुरा अवैज्ञानिक भएको कुरा समेत बताए । खड्काले मनतव्यको अन्त्यमा बाबुरमा नसच्चिए राजनीतिक यात्रामा कुहिरो भित्र हराएको काग बन्ने ठोक्कुवा समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here