१०० वर्षमा सत्यमोहन

Sharing is caring!

बजारमा दीर्घजीवन बाँच्ने उपायका विषयमा अर्तिबुद्धि दिने धेरै वैद्य, हकिम, डाक्टर र योगीहरु भेटिन्छन् । कतिपय आर्युवेद र योगीहरुको पेसा नै के खाने, के नखाने, के गर्ने, के नगर्ने प्रवचन र ती प्रवचनमा समेटिएका पुस्तकहरुका भरमा टिकेको छ । यी सबैको एकै रटान छ– रक्सी, मासु बिल्कुलै नखाऊ । विहानै सबेरै उठ र योग–ध्यान गर ।

उमेर र रोगले कस्दै लगेपछि धेरै मानिस यस्ता हकिमहरुको आम्दानी पढाउने ग्राहक बनेर उनीहरुको पथमा लाग्छन् । भलै यस्ता ग्राहकले दीर्घजीवन पाएको बिरलै सुनिन्छ । बरु यस्ता योगी सन्यासीहरुको थैली भने राम्रैसँग भरिने गरेको छ ।

सत्यमोहन जोशी सोमबार दिउँसो एक सय वर्षमा टेक्दैछन् । सय वर्ष बाँच्नु आफैमा उपलब्धिपूर्ण हो । त्यसमा पनि पूर्ण होसका साथ युवा झैँ शारीरिक र मानिसिक स्वस्थ्य लिएर बाँच्नु विरलै हुने घटना हुन् । उनी सय वर्ष पुग्दा पनि चश्मा लगाउँदैनन् । लठ्ठी टेक्दैनन् । कान सुन्ने मेसिन लगाउँदैनन् । माछा, मासु रक्सी उनका नियमित खानपिनका परिकार हुन् । एकपटक राम्रोसँग भेटेका मानिसलाई सजिलै चिन्दछन् । आफ्ना सबै काम आफैं नियमित गर्छन् । धेरै टाढा हिँड्नु पर्‍यो भने मात्रै गाडी चढ्छन्, नत्र पैदल यात्रा गर्छन् । केवल मन लगाएर योग–ध्यान गर्दैनन् । भेटेसम्म माछा मासु खान्छन् । राति सुत्ने बेलामा एक पेग रक्सी उनका लागि अनिवार्य जस्तै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here