राजधानी, वायुप्रदुषण र अवस्था

Sharing is caring!

हाम्रो देशको राजधानी हो काठमाडौँ, जहाँ लाखौँ मान्छेहरु सपना बोकेर आएका छन् । यो सुन्दर सहरमा बसेर यसबाट फाइदा लिन आएका छन् तर बदलामा यस्लाई हामीले के दिएका छौ त ? हामीले जसरी यो सहरमा बसेर कहिल्यै नमेट्ने सपना र नाम पाइरहेका छौ त्यसको बदलामा हामीले यस शहरलाई कहिल्यै नमेट्ने दाग दिएका छौँ “प्रदुषण” । हामी मानिसले जानरी नजानि यस शहरलाई प्रदुषित बनाईरहेका छौँ । हामीले सुनेको इतिहास काठमाडौँ एउटा ताल थियो र मन्जुश्रीले चोभारको डाँडा काटेर यहाँ पानी बाहिर निकाली यस क्षेत्रमा बस्ति बसाल्यो । जसरी यहाँको पानीको निस्काशनको लागि पनि एउटामा मात्र मार्ग रहेको छ त्यसरी नै यहाँ रहेको दुषित हावाको लागि पनि निस्किने मात्र कमै रहेको छ । जस्ले गर्दा यहाँको प्रदुषित हावा यहि चारैतिरको डाँडामा घेरिएर बस्छ । क्लिन इनर्जी नेपालको तथ्यांक अनुसार राजधानीमा वायु प्रदुषणको प्रमुख कारणको रुपमा सवारीसाधन (३८%), कृषि क्षेत्रको कारण (१८%), उद्योग (३%), इट्टा भट्टि (११%) आदि कारणले वायु प्रदुषण बढेको तथ्यांक रहेको छ । पछिल्लो १० बर्षको तथ्यांकलाई हेर्ने हो भने बागमति अंचलमा मात्र करिब ७ लाखको हाराहारीमा सवारीसाधान दर्ता भएको छ । साथै उपत्यकामा मात्र १०४ वटा इट्टा उद्योग संचालनमा आएको तथ्यांक रहेको छ । वायु प्रदुषणको प्रतिकुल असर भनेको मानव जातिमा परेको तथ्यांक देखिएको छ । प्रदुषित वायुको कारणले मानिसहरुलाई हृदय सम्बन्धि रोग लाग्ने बिश्व स्वास्थ्य संगठनले बताएको छ । यसको साथै रोग संग लड्ने प्रतिरोधात्मक क्षमता पनि क्षय हुने देखिएको केही ठुलो हस्पिटलको तथ्यांकले देखाएको छ ।

बिशेषत यस्तो प्रदुषणले दमको रोगीहरुको संख्या बढेको देखिन्छ । साना बालबालिकाहरुमा यस्ले चाँडै असर पार्दछ । उक्त प्रदुषणले मानिस साथै प्राकृतिक तथा ऐतिहासिक क्षेत्रमा पनि उत्तिकै असर पारेको देखिन्छ । उपत्यकाको माटोको उर्वराशक्तिमा यस्ले कमि ल्याएको छ । हेरिने हो भने वायु प्रदुषण नियन्त्रण गर्नको लागि गठित संगठन, सरकारी निकायले पनि जानी नजानी यस्मा योगदान दिइरहेको पाइन्छ । नेपाल सरकारद्धार केही नितीहरु तर यसको नियन्त्रणको लागि बनेको छ । तर ति नितीहरु सहि ढंगमा कार्यान्वयन भएको पाइएको छैन । यस्को लागि सरकारले २० बर्ष पुरानो सवारीसाधन चलाउन प्रतिबन्ध लगाएको छ । । इलेक्ट्रिक सवारीसाधानलाई प्रोत्साहनमा ल्याईएको छ ।

सन् २०१३ देखि यस क्वालीटि मोनिटरिङ सिस्टमलाई प्रयोगमा ल्याइएको छ । साथै नेपाल सरकारले सन् २००७ देखि पेट्रोल र डिजेलमा रु.०.५ रुपैँया प्रदुषण नियन्त्रण कर लगाउन थालेको छ । वाताबरण सुरक्षा ऐन, मौसम परिवर्तन निती, आदि यस पक्षमा चालिएको केही प्रमुख निती तथा प्रयास मान्न सकिन्छ । यस बाहेक गैरसरकारी संस्थाहरु पनि यस क्षेत्रमा उत्तिकै कार्यरत रहेका छन् । जसमध्ये क्लिन इनर्जी नेपाल, आईसिमोड, क्लिन एयर नेटवर्क नेपाल आदि संस्थाहरु पर्दछन् । यसको समाधानको निम्ती व्यक्तिगत देखि सरकारी तवरसम्मको प्रयास अति आवश्यक देखिन्छ । सरकारले सार्वजनिक यातायातलाई बढि प्रयोगमा ल्याउने निती ल्याउन आवश्यक देखिन्छ । वायु गुणस्तर नितीको दिगो कार्यक्रम र नितीलाई कार्यान्वयनमा ल्याउन अति महत्वपुर्ण देखिन्छ । वायुको गुणस्तरको निरन्तर परीक्षण साथै सरकारी तहमा यस सम्बन्धि बिशेषज्ञको पहुँच आवश्यक देखिएको छ । सबैभन्दा महत्वपुर्ण पाटो भनेको प्रदुषण नियन्त्रण प्रणालीको बिकास हो । यस बिषयको अध्ययन प्राथमिक तहदेखिको पाठ्यक्रममा समावेश गरिन पनि उत्तिकै आवश्यक देखिएको छ । । यस क्षेत्रमा नागरिक समुहको सहभागिता अति आवश्यक देखिन्छ । किनकी हामी जुन वाताबरणमा हुर्केका छौँ त्यो वाताबरणलाई प्रदुषण गर्ने अधिकार हामीलाई हुँदैन ।

लेखक : सलिन नगरकोटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here