कर नतिर्ने ठेकदारको सूचीमा बिक्रम पाण्डेदेखि पप्पुसम्म

Sharing is caring!

१८ वैशाख, काठमाडौं । सरकारबाट मोबिलाइजेसन शुल्क लिएर काम नगर्नू धेरै ठेकदार कम्पनीको आदत नै बनिसक्यो । तर पछिल्लो समय धेरै निर्माण कम्पनीहरुले कानून बमोजिम तिनुपर्ने कर समेत बुझाउन छोडेका छन् ।

साना ठेकेदार मात्रै हैन, पूर्वमन्त्रीदेखि सांसदसम्मका कम्पनी पनि कर नतिर्नेहरुको सुचीमा छन् ।

कर तिर्न आन्तरिक राजश्व विभागले पटक–पटक आह्वान गरे पनि सुनुवाई भएको छैन । राजनीतिक संरक्षण पाएका ठेकेदारले त अटेर नै गर्ने भए ।

विशेषगरी विभिन्न निर्माण कम्पनी जोडिएर ज्वाइन्ट भेञ्चरका रुपमा काम गरेका कम्पनीले कर तिर्न आनाकानी गर्छन् । हाल प्रत्येक जसो आन्तरिक राजश्व कार्यालयमा कर नतिर्नेको सूचीमा ठेकेदार कम्पनीहरु बढी देखिन थालेका छन् ।

आन्तरिक राजश्व कार्यालय बानेश्वरले मंगलबार २५ बढी कन्सट्रक्सन कम्पनीलाई कर बक्यौता तिर्न आउन पत्राचार गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ । बानेश्वरका कर अधिकृत काजीबाबु कोइरालाका अनुसार जेभीका रुपमा काम गरेका ठेकेदारबाट कर उठाउन बढी समस्या छ ।

‘ठेक्का हात पार्न सानो कम्पनीले ठूलासँग मिलेर टेन्डरमा भाग लिने र ठेक्का हात परेपछि फेरि अर्को सानो ठेकेदारलाई जिम्मा लगाएर हिँड्ने प्रचलन रहेछ । यस्ता कम्पनीबाट कर उठाउन अप्ठेरो भएको छ,’ कोइरालाले भने ।

आन्तरिक राजश्व विभागले यस्ता कम्पनीबाट कति कर उठाउन बाँकी छ भन्ने एकिन तथ्यांक निकालेको छैन । तर, यस्तो रकम कराडौं हुनसक्ने अनुमान छ ।
ठेकदार कम्पनीले ठेक्का पाएपछि त्यसको मूल्य अभिवृद्धि कर र त्यसबाट हुने आय कर तिर्नुपर्छ ।

कतिपयले विवरण नै पेश गरेका छैनन् भने विवरण पेश गरेकाहरुले पनि कर तिरेका छैनन् । कतिपय ठेकेदार विभागको सम्पर्कमा आउँदैनन् भने कतिले ार्यालय परिवर्तन गर्ने गरेका छन्, जसका कारण विभागले पठाएको पत्र पुग्दैन ।

दलका नेताले चाएका कन्स्ट्रक्सन कम्पनीमाथि धावा बोल्दा आफैं फस्ने डर कर प्रशासनमै छ । जसले गर्दा ठेकेदारबाट कर असुल्ने काम प्रभावकारी भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here