देखेको ५ सेकेन्डमा भिडियो हेरेर सेयर गरौ , भगवान प्रत्यक्ष देखिएपछि खोलामा पानीको साटो रगत बग्न थाल्यो

Sharing is caring!

यो पनि पढ्नुहोस: तर दुर्भाग्य! मंगल ग्रहमा पानी भेट्ने, चीनमा विकास गर्न सक्ने, अमेरिकामा योगदान गर्न सक्ने अनि कतार, दुबई, कोरियामा रगत-पसिना बगाउन सक्ने नेपालीको विश्वास जित्ने काम हाम्रै सरकारले गर्न सकेका छैनन्।

भारतका प्रख्यात उत्प्रेरक विवेक बिन्द्राले २०७५ माघ ४ मा सबैभन्दा अस्थिर सरकारको नाम राखेर एउटा भिडियो युट्युबमा राखे। उक्त भिडियो रातारात भाइरल भयो। धेरै नेपालीलाई उक्त भिडियोमा भएका धेरै कुरा सत्य छैनन् भन्ने थाहा हुँदा हुँदै किन रातारात फैलियो?
यसको कारण, उक्त भिडियोको आकर्षक फोटो चित्र हो, जसमा लेखिएको थियो- ‘नेपालमा १७ वर्षमा १७ प्रधानमन्त्री बदलिए।’

उनलाई धेरै नेपालीले धन्यवाद पनि दिए। मलाई भने एउटा प्रश्नले घोच्न थाल्यो- के नेपाल बन्दै बन्दैन त?
हामी नेपालीले दुनियाँका सबैभन्दा पछिल्लो विकासको लहर देखेका मात्र छैनौं, आफ्नै रगत र पसिनाले बनाएका पनि छौं। कतारका रंगशालादेखि चीनका पूर्वाधारमा समेत हाम्रो सीप र ज्ञान र मेहनत फैलिएको छ। धेरै अमेरिकी विश्वविद्यालयमा नेपाली प्राध्यापकहरू उत्कृष्ट विद्यार्थी उत्पादनमा लागिपरेका छन्। मंगल ग्रहमा पानी पत्ता लगाएका छन्। तर दुर्भाग्य! मंगल ग्रहमा पानी भेट्ने, चीनमा विकास गर्न सक्ने, अमेरिकामा योगदान गर्न सक्ने अनि कतार, दुबई, कोरियामा रगत-पसिना बगाउन सक्ने नेपालीको विश्वास जित्ने काम हाम्रै सरकारले गर्न सकेका छैनन्। पूरा हुन नसकेका आशा र त्यसले उत्पन्न निराशाका मुख्य कारण हाम्रै सरकारहरूको अकर्मण्यता हो। त्यसपछि हामी नागरिक।

केही दिनअघि प्रदेश ३ का एक मन्त्रीज्यूसँगको भेटमा उहाँले भन्नुभएको कुरा यहाँ राख्न चाहन्छु, ‘अहिले जनतामा साह्रै निराशा छाएको छ। जे गरे पनि सरकारले राम्रो गर्दै गर्दैन र गर्नै चाहँदैन भन्ने सन्देश गएको छ। राम्रो कामको चर्चा कसैले गर्दैन, नराम्रो काम मात्रै भाइरल हुन्छ।’
हामी जनतादेखि मन्त्रीसम्मलाई यस्तो निराशा छाएको छ, जसले देशमा कुनै सम्भावनै छैन भन्ने सन्देश दिइरहेको छ। आउनुहोस्, आज केही सम्भाव्यताका कुरा गरौं, केही आशाका कुरा गरौं। हरेक देशका आफ्नै समस्या हुन्छन्। दोश्रो विश्व युद्ध सकिएपछि जर्मनीले कसरी आफ्नो विका़सको सुरूआत गर्यो? जापानले कसरी तहसनहस भएको अर्थतन्त्र उठायो? के नेपाल पनि कुनै चामत्कारिक विकासको बाटोमा दौडिन सक्छ? मेरो विचारमा, नेपाल विकासको बाटोमा लाग्न मात्र होइन, चामत्कारिक विकासको बाटो नै समात्न सक्छ। हामी नेपालीहरू मिल्यौं भने, आफ्नै नंग्रा खियायौं भने नहुने केही छैन।

दोश्रो विश्वयुद्ध सकिएको तीन वर्षसम्म जर्मनीमा राष्ट्रिय सरकारसमेत थिएन। जापानको हालत त्यस्तै कमजोर थियो। अहिलेको दुबई, कतारमा खाने अन्न थिएन। हामीले केही साना कुरा मात्र ध्यान दिने हो भने निकै छिटो प्रगति पथमा लम्कन सकिन्छ। विकासको सबैभन्दा ठूलो श्रोत भनेकै सरकार हो। तर सबै कुरा सरकारले गर्न सक्दैन। सरकारले सरोकार वालाहरूका बीचमा समन्वय गर्ने हो, सजिलो बनाउने हो। रुवान्डालाई हेरौं। सन् १९९० दशकमा रुवाण्डामा शताब्दीकै ठूलो नरसंहार भयो। सय दिनमा झन्डै १० लाख मानिसले ज्यान गुमाए। तुत्सी समुदाय झन्डै सखाप भए। त्यसपछि बनेको पास्टर बिजिमुन्गुको सरकारले सन् २००३ सम्म केही गर्न सकेन। समस्या जस्ताका त्यस्तै रहे। निराशा र अन्योलबीच पास्टरले राजीनामा दिनुपर्यो। त्यसपछि आएको पल कागामेको सरकारले ‘भिजन २०२०’ को अवधारणा ल्यायो। उक्त अवधारणाअनुसार रुवान्डालाई २० वर्षमै रुपान्तरण गर्ने योजनासहित जम्मा ४४ स्पष्ट उद्देश्य अघि सारिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here