३-० ले स्तब्ध पार्दै बार्सिलोनाले टुङ्ग्यायो म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग यात्रा

Sharing is caring!

च्याम्पियन्स लिगको नतिजा समग्रमा ४-० ले बार्सिलोनालाई सुम्पदै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको छ।

मंगलबार भएको दोश्रो लेगमा म्यानचेस्टर युनाइटेड लियोनल मेस्सीको बार्सिलोनासँग ३-० ले स्तब्ध भएको हो।

पहिलो लेगमा बार्सिलोनाले युनाइटेडमाथि १-० को जित निकालेको थियो।

सेमिफाइनल प्रवेशका लागि युनाइटेडलाई दोश्रो लेगमा ३-० ले स्तब्ध पारेको खेलमा बार्सिलोनाका लागि मेस्सीले २ गोल गरे। उनले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

त्यसपछि उनले खेलको पहिलो हाफको २० औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरे।

यसैगरी ३-० ले खेल समापन गर्ने क्रममा बार्सिलोनाका लागि फिलिप कोन्टिन्होले दोश्रो हाफको ६१ औं मिनेटमा गोल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here