रबिन्द्रको छोराले अमेरिकामा चुनाव जिते

Sharing is caring!

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका छोरा युराल मिश्रले कलेज अन्तर्गतको चुनाव जितेका छन। अमेरिकाको Bowdoin कलेजमा उच्च शिक्षा अध्ययन गरिरहेका मिश्रले स्टुडेन्ट गभर्नमेन्ट काउन्सिलको अध्यक्ष पदका लागि चुनाव जितेका हुन।

काउन्सिलको अध्यक्ष हुनका लागि प्रतिश्पर्धीहरूले अन्य क्षमता प्रदर्शन गर्नुको साथमा अमेरिकी राष्ट्रपतिय शैलीको सार्वजनिक बहसमा भाग लिएर कलेजका विद्यार्थीहरुलाई प्रभावित पार्नु पर्छ।

चुनाव जितेसँगै मिश्रले एक बर्षको लागि काउन्सिलको नेतृत्व गर्नेछन।

काउन्सिलमा निर्वाचित भएसँगै मिश्रले विद्यार्थी र कलेजको हितमा काम गर्नुपर्ने छ। अमेरिकाका विभिन्न कलेजमा यस्ता निर्वाचन र विद्यार्थी यूनियन हुने भएतापनि यीनीहरु पूर्ण रुपले गैर राजनीतिक हुन्छन।

ए लेभलको परिक्षामा उत्कृष्ट र एउटा विषयमा विश्वकै उत्कृष्ट नतिजा ल्याएपछि मिश्रले छात्रवृत्तिमा Bowdoin कलेजमा पढिरहेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here