धर्मेन्द्रले भने, ‘यदि हेमालाई जिताउनुभएन भने ट्याङ्कीमा चढ्नेछु’

Sharing is caring!

हिन्दी सिनेमाका ‘हीम्यान’ भनिने धमेन्द्र आइतबार आफ्नी श्रीमती हेमा मालिनीको समर्थनमा चुनावी र्याली सम्बोधित गर्न मथुरा पुगे । हेमा मालिनी लोकसभा चुनाव २०१९ मा मथुराबाट बिजेपी प्रत्याशी हुन् । धमेन्द्र हेमालाई समर्थन गर्नका लागि मथुरा पुगेका हुन् । चुनावी जनसभामा धर्मेन्द्रले फिल्मी स्टाइलमा हेमाका लागि भोट अपिल गरे ।

धर्मेन्द्रले फिल्म शोलेको वीरुको अन्दाजमा चुनावी र्याली सम्बोधन गरे । धर्मेन्द्रले गाउँलेसँग आफ्नी बसन्तीका लागि भोट अपिल गर्दै भने, ‘गाउँका साथीहरु, यदि तपाईंले हेमा मालिनीलाई राम्रो भोटसहित जिताउनुभएन भने यो गाउँमा जुन ट्यांकी छ नि… म त्यो चढ्नेछु ।’ धर्मेन्द्रको यस्तो डायलग सनेपछि पूरा जनसभा तालीले गुञ्जायमान भयो ।

धर्मेन्द्रले पंजाबदेखि असमसम्म र कन्याकुमारीदेखि कश्मिरसम्म हरेक बच्चा, बुजुर्ग र जवानले भारत देशलाई आफ्नो आमा ठानेर देशको उन्नतीका लागि ज्यान दिएर मेहनत गर्न आग्रह गरेका छन् । उनले भने, ‘हामी भारतलाई आमा भन्छौं । आमा ठान्न पनि सुरु गरौं साथीहरु । जुनदिन तपाईंकी आमालाई कसैले आँखा लगाउँछन्, उनीहरुको आँखा फोडिदिनुहुनेछ तपाईं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here