संसारकै आश्चर्यजनक शिव मन्दिर बनाउने बालज्ञानी गुरु आदित्यको सपना

Sharing is caring!

काठमाडौँ– ‘उपस्थितिमा भन्दा अनुपस्थितिमा उत्सव मनाऊ, तारिफमा भन्दा गलीमा ताली बजाऊ । जन्मेपछि मृत्युबाटै मोक्ष मिल्छ त्यसैले साधनाद्वारा आफूलाई यस मिट्टीमा विलिन गराऊ ।’ यी उद्गार अरु कसैका नभई बालज्ञानी गुरु आदित्यका हुन् ।

बालज्ञानी गुरुका रुपमा परिचित उनै आदित्यको आश्रमपरिसरमा विश्वमै कहीँ नभएको त्रिगजुर शिवालयको स्थापना भएको छ ।

ॐ आदि फाउण्डेसनका अनुसार ज्ञानीगुरु आदित्यको परिकल्पना र मार्गनिर्देशन अनुसार गरिएको विश्वकै अद्धितीय किसिमको त्रि–गजुर शिवालयको मुखाकृति गाईको स्वरुपमा विशाल नन्दीको पेटभित्र शिवजीको मन्दिर अवस्थित छ ।
काठमाडौँको गौरीघाटस्थित ओमआदि कुञ्जमा निर्माण भएको त्रिगजुर शिवालयको गत आइतबार प्राणप्रतिष्ठा गरिएको छ ।

शिवालयमा शिवलिङ्ग स्थापना गर्दा त्यसको जगमा गुरुले आफ्नो रगतद्वारा लेखिएका दुई सयभन्दा बढी बेदमन्त्र बिछ्याइएको छ । त्रिगजुर शिवालय विश्वको एक महत्वपूर्ण अध्यात्म केन्द्र बन्ने विश्वास गरिएको छ ।

त्रि–गजुर शिवालयको प्राण–प्रतिष्ठापछि चैत २४ गतेदेखि शुरु भएको सप्ताहव्यापी ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको सुरुवात भएको छ । जसमा सहस्रकोटी ओम आदिमणि मन्त्र, जप, हवन, ओम नमशिवाय महामन्त्र, अखण्ड जप–हवन, १०८ कुण्डीय गायत्री मन्त्र जप हवन, चार बेद, शिवपुराण, श्रीमद्भागवत, अध्यात्मिक रामायण र महारुद्री चण्डी पाठ परायणपछि आगामी चैत ३० गते ब्रह्मज्ञानी गुरु आदित्यको उपनयन (ब्रतबन्ध) गर्नुका साथै त्रिगजुरीय शिवालयको प्राण प्रतिष्ठा सम्पन्न हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here