तस्बिरमा देखिएको मान्छे चर्चित बडी बिल्डर आर्नल्ड र उनको मुर्ती

Sharing is caring!

तल तस्बिरमा देखिएको मान्छे चर्चित बडी बिल्डर आर्नल्ड र उनको मुर्ती हो । यो तस्बिर र घटनाले दुनियाँलाई पाठ सिकाउदछ ।

जुन बेला उनी क्यालिफोर्नियाको गभर्नर थिए, एउटा होटलले उनको मुर्ती पनि बनायो र होटलको उदघाटन उनैबाट गराए । त्यो दिन होटलले घोषणा गर्‍योकी आर्नल्डले जिन्दगीभर चाहेको जुनै समयमा पनि त्यो होटलमा नीशुल्क बस्न खान पाउनेछ ।

तर समय बितेसंगै आर्नल्डको गभर्नरको कार्य अबधी सकियो र रिटायर्ड भए । त्यसपछी एक दिन उनी त्यो होटलमा बस्न भनी गए । तर स्टाफले उनलाई प्रबेशमा रोक लगाए र बस्ने भए सबै शुल्क तिर्न पर्ने बताए। आर्नल्डले दु:ख र अचम्म महसुस गरे । उनी एउटा स्लिपिङ ब्याग लिएर आफ्नो मुर्तिमुनी गएर सुते र किन यसरी सुतेको भन्ने प्रश्नमा सन्सारलाइ यो सन्देश दिन चाहेको बताए कि-
“ धन सम्पत्ति, पद, पावर, प्रतिस्ठा तपाईंको साथमा भईन्जेल दुनियाँ तपाईंको साथमा हुन्छ म्याउम्याउ गर्छ तपाईंलाई मोल्छ खुट्टा ढोग्छ । तर यि सबै कुरा अस्थाई हुन् ।

धन पद पावर तपाईंसँग सधैंभरी रहदैन । सिमित समयको लागि मात्रै रहन्छ । जब यि कुराहरु केही समयपछी तपाईंबाट भाग्छ अनी दुनियाँपनी तपाईंबाट टाढा टाढा हुँदै जान्छ । त्यही भएर पद पैसा पावर छ भनेर कहिल्यै घमन्ड नगर्नूहोस् । यि सबै अस्थायी हुन् । तपाईं बर्तमानमा जे हुनुहुन्छ सधैं त्यो रहनुहुन्न । त्यही भएर सबैलाई सम्मान गरेर मिलेर बाचौं सकेको सहयोग गरौं ।”
(अर्नोलडकाे फेसबुक पेजवाट )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here