रोनाल्डो र मेसीमा को राम्रो खेलाडी ?

Sharing is caring!

काठमाडौँ — विश्व फुटबलमा कहिल्यै नटुंगिने बहस हो रोनाल्डो कि मेसीमा को राम्रो खेलाडी ? यो यस्तै प्रश्न हो, जसरी पेले राम्रो कि म्याराडोना भन्ने गरिन्छ  । यसको बहस पनि कहिल्यै टुंगिने छैन  ।

एउटा तथ्य निर्विवाद छ, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी अहिलेको पुस्ताका सर्वाधिक राम्रा दुई खेलाडी हुन् । एक दशकभन्दा बढी समय भइसकेको छ, यी दुई खेलाडीलाई केन्द्रमा राखेर आधुनिक विश्व फुटबल घुमेको । यी दुई खेलाडीबारे धेरैभन्दा धेरै लेखिएका छन् ।

तर पनि यसबारे लेख्ने क्रम टुंगिने भने छैन । यो यस्तो विषय हो, जसले आधुनिक फुटबललाई रोमाञ्चक बनाएको छ । प्रतिस्पर्धालाई लिएर दुवैलाई प्रश्न नसोधिएका पनि होइनन् । दुवैले यसबारे उक्तर दिने त्रममा किन यस्तो प्रश्न सोध्नुपरेको हो पनि भनेकै छन् । यी दुईको सम्बन्ध भने एकै ठाउँमा पर्दा सायद बोलचाल पनि नहुने खालको बुझिन्छ । भर्खरै युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ का खेल सकिएका छन् । क्वाटरफाइनलको ‘ड्र’ पनि निस्किसकेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा रोनाल्डो र मेसी दुवैले उत्कृष्ट खेल पस्के । लगभग यिनै दुई खेलाडीमा टिकेर उनीहरूको टिम अन्तिम आठमा पुगे । फुटबलमा ‘यदि र तर’ लागू हुने हो भने रोनाल्डो र मेसीले त्यति निर्णायक नखेलेको भए, सम्भवतः युभेन्ट्स र बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा रहने थिएनन् । रोनाल्डोले युभेन्ट्स र मेसीले बार्सिलोनालाई लगभग एक्लै क्वाटरफाइनल पुर्‍याएका हुन् भन्दा पनि हुन्छ । तय छ, यी दुई क्लबलाई अझ अगाडि बढ्ने हो भने यिनै दुई खेलाडीले फेरि दोहोराएर अब्बल दर्जाको खेल प्रदर्शन गर्नुपर्नेछ । त्यसैले फेरि एकपल्ट नयाँ दृष्टिकोणबाट यी दुई खेलाडीको ‘राइभर्ली’ बारे विश्लेषण गर्ने क्रम सुरु भएको छ, त्यो पनि त्यही च्याम्पियन्स लिगको पछिल्लो खेलमा टिकेर । र, भन्न सुरु भएको छ— यी दुवै खेलाडी अझै उत्तिकै उम्दा छन्, सकिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here