राजतन्त्र फेरि फर्किनसक्छ ?

Sharing is caring!

राजा देवताका अवतार हुन् भन्ने चरम अन्ध मानसिकता रहिरहने हो भने सत्ताच्यूत राजतन्त्र फेरि फर्किन सक्छ ।
संविधानअनुसार धर्म, परम्परा, प्रथा र रीतिका नाममा कसैले कसैलाई अन्याय, असमानता, विभेद र शोषणको अन्त्य गर्ने किटानी व्यवस्थालाई व्यवहारमा उतार्ने प्रयत्न नगरुन्जेल राजतन्त्र जनताको मन, ज्ञानमा र मनोविज्ञानमा रहिरहने छ ।

जन्मिँदै जर्नेललाई जदौ भन्ने तर कर्मले राष्ट्रपति बनेका सर्वसाधारण जनताको छोरा छोरीलाई दुत्कार्ने चरम पछौटे चिन्तन स्वघोषित बुद्धिजीवीका गिदीमा रहँदासम्म जनविरोधी राजतन्त्र फेरि पनि फर्किन सक्छ ।

भाग्यवादी र पुर्पुरोवादी कथित प्रगतिशील तथा प्रजातान्त्रिक कवि, लेखक र कलाकार रहँदासम्म तिनका दिल र दिमागमा राजतन्त्र रहिरहनसक्छ । त्यही भावनाको राजतन्त्र फुत्त बाहिर प्रकट हुन पनि सक्छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भनेझैँ एक दम सतही तथा पोलिटिकल कम्युनिस्ट रहेसम्म राजतन्त्र तिनका तन र मनमा जीवित रहनसक्छ ।
वर्ग पक्षधरताका मुखौटाहरु पार्टीको माथिल्लो तहमा रहेसम्म तिनका चिन्तनमा राजतन्त्रले ढलीमली गरिरहनेछ । तुइन युग समाप्त पार्ने ओली सरकारका कारण आफूलाई कम्युनिस्ट हुँ भन्न लज्जाबोध गर्ने लाज घीनविहीन नेता रहेसम्म राजतन्त्र सशक्त राजनीतिक विकल्प बनिरहनेछ ।
मात्रात्मक परिवर्तनलाई अनदेखा गर्ने तर ओली सरकारले रातारात समाजवादी युगतिर देशलाई लैजान नसकेको भनेर कटाक्ष गर्ने एकलकाँटे र अन्धवादी नेता हुन्जेल नन्दीभृङ्गी मार्फत् राजतन्त्रको मसाने भूतको नौटङ्की जारी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here