२५ वर्षपछि मुलुकको चित्र: प्रतिव्यक्ति १२ हजार १ सय डलर आम्दानी

Sharing is caring!

काठमाडौँ– दीर्घकालीन सोचसहित सार्वजनिक हुन लागेको पन्ध्रौं योजनाका लागि निकै महत्वाकांक्षी २५ वर्षको लक्ष्य र गन्तव्य तय गरिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १५ औं योजनाको आधारपत्रको मस्यौंदा अनुसार आर्थिक वर्ष २१००/०१ सम्ममा एक व्यक्तिको कूल राष्ट्रिय आम्दानी १२ हजार १ सय डलर हुनेछ ।

अहिलेको डलरको मूल्यलाई १०० रुपैयाँ मान्ने हो भने पनि एक व्यक्तिको कूल राष्ट्रिय आम्दानी १२ लाख १० हजार हुनेछ । अहिले (आर्थिक वर्ष २०७४/७५ सम्म) प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार १२ डलर छ । प्रतिव्यक्ति राष्ट्रिय आम्दानी मात्र होइन गरिबीको रेखामुनी रहेको जनसंख्यालाई शून्य प्रतिशतमा झार्ने लक्ष्य पनि छ ।

अहिले यस्तो जनसङ्ख्या १८.७ प्रतिशत छ । यद्यपि, १५ औ योजनाको आधारपत्र मस्यांैदालाई अन्तिम रुप दिन विकास परिषदको बैंठक बसिरहेको छ । मस्यौंदाले अन्तिम रुप पाइसकेको भने छैन ।
समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन सोचसहित आयोग १५ औ योजना सार्वजनिक गर्ने चरणमा छ । कूल ग्राहस्थ उत्पादनमा उद्योग र सेवा क्षेत्रको योगदानलाई निकै बढाउने किसिमले योजनाको लक्ष्य तय भएको छ । अबको २५ वर्षमा उद्योग क्षेत्रको योगदान ३० प्रतिशत पुर्याउने लक्ष्य छ ।

जबकि आव २०७४/०७५ मा योगदान १४.८ प्रतिशत छ । सेवा क्षेत्रको योगदान अहिले ५७ प्रतिशत छ । यसलाई बढाएर ६१ प्रतिशत पुर्याँउने दीर्घकालीन सोचको लक्ष्य छ । कुल ग्राहस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रको योगदान भने घटाउने तयारी छ । अहिले यो क्षेत्रको योगदान २७.६ प्रतिशत रहेकोमा यसलाई घटाएर ९ प्रतिशतमा झार्ने लक्ष्य छ ।

यद्यपि, चालू आवको संशोधित अनुमान तयार भइरहेकोले आधारपत्रको अन्तिम मस्यांैदा भने आउन बाँकी छ । २५ वर्षसम्ममा रेलमार्ग २२ सय किलोमिटर निर्माण गरिने लक्ष्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here