साफ महिला फाइनल: भारतविरुद्ध नेपालको बराबरी, सावित्राको गोल

Sharing is caring!

८ चैत, बिराटनगर । साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपालले भारतविरुद्ध बराबरी गोल फर्काएको छ ।

विराटनगरको शहिद रंगशालामा सुरुदेखि नै भारतलाई दबाव दिएको नेपालले २३ औं मिनेटमा फ्रि किकमा गोल खाएको थियो । भारतकी डालिमा छिब्बरले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक बल सिधै गोलमा परिणत भएको थियो । तर, ३३ औं मिनेटमा नेपाल गोल फर्काउन सफल भएको छ । नेपालकी सावित्रा भण्डारीले गोल गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here