विश्वकै सबैभन्दा ठुलो आवासीय बौद्ध विद्यालय

  • कालिका खवर
  • शुक्रबार, भदौ ३, २०७९
  • चीनको चेंगदु नजिकै रहेको लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजार विद्यार्थी छन् । झन्डै एक गाउँजस्तै देखिन्छ यो एकेडेमी । घरको छाना र रंग रातो देखिन्छ ।

    दानबाटै बनेको यो एकेडेमी सन् १९८० मा स्थापना भएको हो । यो दुनियाकै सबैभन्दा ठुलो आवासीय बौद्ध विद्यालय भएको बताईएको छ ।

    परम्परागत तिब्बती बौद्ध शिक्षा अध्ययनका लागि यहाँ मलेसिया, हङकङ, सिंगापुर, ताइवानलगायतबाट विद्यार्थीहरु आउने गरेका छन् ।

    यो विद्यालयमा टेलिभिजन हेर्न प्रतिबन्ध छ भने आइफोन चलाउन भने पाइन्छ । छात्र र छात्राका लागि सडक नै सिमाना बनेको छ । सडक वारी छात्रका लागि होस्टल छन् भने सडक पारी छात्राका लागि । –एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs