हिमपहिरोमा १७ चौरी मरे

Sharing is caring!

मुगु — मुगको कार्मारोङ गाउँपालिकामा गएको हिमपहिरोमा परी एक जना स्थानीयको १७ चौर मरेका छन् । गाउँपालिका-६ पुवा गाउँका कोन्जोक छेवाङ तामाङको सोरुङ्ग भन्ने लेकमा भीषण हिमपहिरो आउँदा चराउन लगाएका १७ चौरी मरेको छ । हिमपहिरोले १७ चौरी मरेपछि चौरी गोठ रित्तिएको उनको भनाइ छ ।

१७ चौरीको १३ लाख ६० हजार बराबरको कोन्जोक छेवाङको क्षति भएको छ । ठूलो चौरीको १ लाख २० हजार र साना चौरीको ८० हजार मूल्य पर्ने भएकोले १३ लाख ६० हजार भन्दा बढी क्षति भएको कोन्जोकले बताए ।

हिमपहिरोले गत फागुन २३ गते नै चौरी मरिसकेको र हिउँले हिमालमा उक्लिन नसक्दापछि थाहा भएको उनले सुनाए । दुःख कष्ट गरी पालेको चौरी हिम पहिरोले नास बनाउँदा कोन्जोक निरास बनेको गाउँपालिकामा कार्यरत सुब्बा तीर्थराज शाहीले जनाए । कोन्जोक छेवाङ्गलाई चौरी पालनको निम्ति हिमाली परियोजनाले सहयोग गरेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here