माधव कमरेड, विप्लवको जिम्मा लिन सक्नुहुन्छ ?

Sharing is caring!

ओली सरकारले लगानी सम्मेलन यही चैत्र १४ गतेदेखि गर्दैछ । यसलाई सफल बनाउन लागि सरकार प्रयत्नमा लागिरहेको बखत नेकपा विप्लव समूहले अरुण जलविद्युत आयोजनाका महत्वपूर्ण उपकरण ध्वस्त पार्ने, टेलिफोन टावरमा आगजनी गर्ने, चन्दा आतंकका नाममा निजी उद्यम र उद्योग तथा व्यक्तित्वहरुलाई समाप्त पार्नेसम्मका चरम आतङ्ककारी तथा आततायी गतिविधि बढाइरहेको देखिन्छ । यो भनेको सानोतिनो र चानचुने कुरा होइन ।

नेपालजस्तो मुलुकमा वैदेशिक लगानी अपरिहार्य हुन्छ । यो लगानी सम्मेलन ऐतिहासिक अवसर हो । यो असफल हुँदा यो सरकार त असफल हुन्छ हुन्छ र देश पनि असफलताको गर्तमा जाकिन्छ । यो कुरा १५ वर्ष सम्म पार्टी प्रमुख भएका र प्रधानमन्त्री भएका वरिष्ठ नेता माधव नेपालले नबुझ्ने कुरा होला जस्तो लाग्दैन । तर, बुझीबुझी बुझ पचाएजस्तो लागेको छ ।

न्त्रिपरिषदले मंगलबार विप्लव पार्टीका गतिविधिहरुलाई प्रतिवन्धित गरेपछि नेकपाका केही उपल्ला तहका नेताहरुको निद्रा हराम हुन गएको खबर भाइरल भएको छ । यसमा वरिष्ठहरु नै अग्रस्थानमा देखिन्छन् ।

स्वयं माधव नेपालले सिके राउतसम्बन्धी विषय पार्टी सचिवालयको वैठकमा भएको सरसल्लाहसमेत नभएको भन्ने पत्रिकामा प्रकाशित देख्दा अचम्म लाग्यो ।

विप्लव पार्टीसित वार्ता संयोजक सांसद सोमप्रसाद पाण्डे संयोजक रहेको वार्ता समितिले विप्लव पार्टीका बुद्धिजीवी गुणराज लोहनी मार्फत् सहजीकरण गर्न आग्रह गरेको यथार्थ सत्य जगजाहेर भएको छ । लोहनीकै आग्रहमा वार्ताको अनुकूल र सहज वातावरण बनाउन विप्लव पार्टी नेताहरु खड्गबहादुर विश्वकर्मा, उमा भुजेल, मोहन कार्की र पदम राई लगायतलाई सरकारले थुनामुक्त पनि गर्‍यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here