यी हुन् सरकारमा भएर पनि विपक्षीको भूमिकामा देखिने नेकपाका नेताहरु

Sharing is caring!

काठमाडौ । अहिले सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु प्रतिपक्षीको भूमिकामा देखिनुभएको छ । सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई यस्तो भूमिकामा देखिनुभएको हो ।
अर्को तिर नारायणकाजी श्रेष्ठ, जर्नादन शर्मा लगायतका नेताहरु पनि सरकारको काम देखि सन्तुष्ट भएको देखिएको छैन । पार्टी स्थायी कमिटी सदस्य रावलले युनिभर्सल पिस फेडेरेसन (युपिएस) को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा सरकार र पार्टी नेताहरुको सहभागिताप्रति असन्तुष्टि प्रकट देखि सिके राउतसँगको सम्झौतासम्म शिलशिलेवाल रुपमा नै बिरोध गर्नुभएको थियो ।

त्यस्तै पार्टी स्थायी कमिटी सदस्य भट्टराईले दिगम्बर झाको नियुक्ति, मुस्लिम आयोगका अध्यक्षमा प्रस्तावित समीम मियाँ अन्सारी नियुक्ति प्रकरणमा पनि असन्तुष्ट देखाउँनु भएको थियो । उहाँहरुको भूमिका सत्तापक्षको नभई प्रतिपक्षको जस्तो छ । रावलले ‘होली वाइन’ ग्रहणदेखि सिके राउतसँगको सम्झौतालार्इ निरन्तर विरोध गर्दै आउँनु भएको छ ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई लिएर सरकार र नेताहरुको आलोचना गर्नुभएको थियो । नारायणकाजी श्रेष्ठले भर्खरैं सिके राउतसँग गरिएको सम्झौतालाई लिएर आफ्नो विचार राख्नु भएको थियो । उहाँ पार्टीमा स्पष्ट वत्ताको रुपमा रहनु भएको छ । कतिपय अवस्थामा पार्टीले ठिक भनेका कुराहरुमा पनि उहाँको विरोध गर्दै आउँनु भएको छ ।

नेता रावल सुरुवात देखि नैं राउतसँग गरिएको सम्झौता गलत्त भएको भन्दैं सच्चाउन माग गर्दै आउँनु भएको छ । जर्नादन शर्माले सरकार संघियता कार्यान्वयन गर्ने कुरामा चुकेको भन्दैं विरोध जनाउँनु भएको थियो । कार्यकर्ताहरुमा पनि दुई धार रहेको छ ।

कतिपयले नेताहरुले पद नपाएको हुनाले विरोध गरेको भन्छन् भने कत्तिले सत्य बोल्न खोजेको जनाउँदैं आएका छन् । एउटा कुरा के सत्य हो भने सहिलाई सहि र गलत्तलाई गलत्त भन्ने बानी हामीले विकास गर्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here