फोर्ब्सको सूचीमा मुकेश अम्बानी ६ स्थान माथि

Sharing is caring!

फोर्ब्सले सन् २०१९ का सबैभन्दा धनी व्यक्तिहरुको सूची जारी गरेको छ । यसअजुसार संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा मुकेश अम्बानीले आफ्नो स्थितीलाई ६ स्थान माथि पुर्याउँदै १३ औं स्थान ओगट्न सफल भएका छन् ।

सन् २०१८ मा मुकेश अम्बानी १९ औं स्थानमा थिए भने सन् २०१७ मा उनी ३३ औं स्थानमा थिए ।

यो सूची अनुसार अमेजनका संस्थापक जेफ बेजोस (१३१ बिलियन डलर) सहित संसारको सबैभन्दा धनी व्यक्ति बनेका छन् भने बिल गेट्स (९६.६ बिलियन डलर) दोस्रो स्थानमा र वारेन बफेट (८२.५ बिलियन डलर) ले तेस्रो स्थान ओगटेका छन् ।

यस्तै, फेसबुकका संस्थापक मार्क जुकरबर्ग (६२.३ बिलियन डलर) सहित तीन स्थान तल झर्दै आठौं स्थानमा छन् भने न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्ग (५५.५ बिलियन डलर) सहित दुई स्थान माथि उक्लँदै ९ औं स्थानमा छन् ।

फ्रान्सकी एलवीएमएचका मुख्य कार्यकारी अधिकारी बर्नार्ड अरनल्ट (७६ बिलियन डलर) सहित यो सूचीको चौथो स्थानमा छन् ।

पाँचौं स्थानमा ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो मोबाइल कम्पनी ‘अमेरिका मोविल’ का मालिक कार्लोस स्लिम हेलू (६४ बिलियन डलर) छन् ।

शीर्ष १० को सूचीमा जारा फेसन चेनबाट चर्चित भएका ८२ वर्षीय अमानसियो आरटेगा (६२.७ बिलियन डलर) छैटौं स्थानमा छन् । ओरेकलका सह–संस्थापक लेरी इलिसन (६२.५ बिलियन डलर) सातौं स्थानमा छन् भने गुगलका पहिलो मुख्य कार्यकारी अधिकारी लेरी पेज (५०.८ बिलियन डलर) १० औं स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here