आन्दोलनरत शिक्षकलाई सत्तारुढ विद्यार्थीको प्रतिकार गर्ने चेतावनी

Sharing is caring!

२१ फागुन, काठमाडौं । विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको भन्दै राहत शिक्षकलाई सत्तारुढ विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी)ले प्रतिकार गर्ने धम्की दिएका छन् ।

अध्यक्षद्वय नविना लामा र रंजित तामाङले मंगलबार बक्तव्य जारी गर्दै आन्दोलनको दवावमा शिक्षा क्षेत्रमा अनुचित सहमति र सम्झौता गरिए त्यसको प्रतिकार गर्ने चेतावनी दिएका हुन् ।

शिक्षा क्षेत्रलाई जागिर खाने थलोकारुपमा मात्रै नबुझी स्वतः स्थायीको मागबाट पछि हटेर व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिएको आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।

अस्थायी र राहत शिक्षकहरुले स्वतः स्थायीको माग गर्दै सरकार विरुद्ध आन्दोलन गरिरहेका छन् । तर, सरकारले सहमति भइसकेको विषय बल्झाएर शिक्षकहरूले आन्दोलन गरेको भन्दै फिर्ता लिन भनेको छ ।

फागुन ९ गते भएको ३१ बुँदे सहमतिमा ‘हाल कार्यरत राहत शिक्षक, साविक उच्च माध्यमिक तहका शिक्षक, प्राविधिक धारका शिक्षक, विशेष विद्यालयका शिक्षक, बाल कक्षाका शिक्षकको शिक्षक पदलाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी एक वर्षभित्र शिक्षक सेवा आयोगबाट आन्तरिक/खुला प्रतियोगितामार्फत एकपटकका लागि उमेरका हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि प्रबन्ध गर्ने’ उल्लेख छ ।

शिक्षक सेवा आयोगले गत असारमा अस्थायी शिक्षकका लागि आन्तरिक प्रतियोगिता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here