सानै उमेरमा राष्ट्रिय रेफ्री बनेका हरिश कार्की “च्यान्टे” को यस्तो छ कथा!!

Sharing is caring!

१६ फाल्गुन २०७५ । काठमाडौं ।
सानै उमेर देखि फुटबल खेलमा सम्लग्न रहेका हरिश सानै उमेरमा राष्ट्रिय रेफ्री पनि बनेका छन । हरिश कार्की सानै देखि फुटबल तर्फ़ आकर्षित थिए ।

टाउन प्लानिंग पेप्सी कोला घर भएका हरिशलाई नेपाली फुटबल जगतमा धेरैले ‘च्यान्टे’ को उपनामले चर्चित छ्न । होचो शरिर ,सानो ज्यु डाल भएका च्यान्टे सानै देखि फुटबल खेल्थे ! २०६९ सालमा प्लानिंग ब्य्ज़ युनाईटेडबाट ‘सी’ डीबीजन खेलेका उनले फुटबल खेल्ने भन्दा पनि खेलाउने कुरामा उनि रमाए ।


कार्की २०५२ साल चैत्र १६ गते भारतका मुम्बई सहरमा जन्मिएका थिए । कार्की भारतमा जन्मिए पनि उनले नेपाली फुटबलमा उल्लेखनीय योगदान गरेका छन । कार्की न्यु मिलिन्यम कलेज स्नातक दोस्रो बर्षमा अध्यायनरत छन ।

प्लानिंग मैदानमा हुने धेरै जसो खेलमा रमाउने उनि खेललाई नियालेर हेर्ने गर्दथे । कहिले कहिँ स्थानीय खेलमा रेफ्रीको भूमिका निर्बाह गर्ने मान्छे नहुदा साथी भाईको कर कापमा लागेर रेफ्री बनेर खेल खेलाउने हरिश अहिले आएर नेपालकै सबै भन्दा कान्छा उमेरका राष्ट्रिय रेफ्री भएका छन् । उनले राष्ट्रिय रेफ्रीको उपाधिको “राष्ट्रिय रेफ्री ब्याज” समेत हासिल गर्न सफल भएका छन् |

राष्ट्रिय रेफ्रीको उपाधि पाउन्जेल सम्म निकै नै मिहिनत गर्नु परेको हरिशको भनाइ छ । १८ बर्षको उमेरमा एन्फाको रेफ्री कोर्ष उतिर्ण गरेका हरिश कार्की राष्ट्रिय रेफ्री प्रज्वल छेत्रीलाई आफ्नो आइडल मान्दछन । प्राय: जसो सबै फिफा रेफ्रीहरुसंग एसीसटेन्ट बनेर काम गरिसकेका च्यान्टेले ठुला प्रतियोगिताहरु पनि सम्हालिसकेका छन् । अहिले सातदोबाटोको एन्फा कम्पेलेक्स् मा भईरहेको बि डिभिजन लिगमा ब्यस्त छन्।

आफुले पाएको उपलब्धिबाट रमाएका हरिश अझै पनि मिहिनत गर्दै जाने र नेपाली फुटबललाई विश्वमा चिनाउन योगदान दिने सोचमा छन् । प्लानिंगमा रेफ्री बन्न इच्छुक साना साना भाई बहिनिलाई खेलको नियम सिकाउनुको साथै रेफ्रीको भूमिकाको बारेमा बोल्ने हरिश भविस्यमा एकेडेमी खोल्ने सोचमा छन् ।

उनको अबको लक्ष्य भनेको चाडै भन्दा चाडै फिफा रेफ्री बन्नु रहेको छ ।

फोटोफिचर :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here