इमरान खानको एक निर्णयले अफट्यारोमा मोदी, भारतभर खानको तारिफ !

Sharing is caring!

काठमाडौं । लामो समय देखि भारतसँग शान्तिका लागि अपिल गर्दै आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अर्को निर्णय लिनु भएको छ । प्रधानमन्त्री खानले पाकिस्तानमा पक्राउ परेका भारतीय पाइलट अभिनन्दनलाई भोली भारत फर्काउने जनाउनु भएको छ । यो सँगैं भारतमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान प्रतिको प्रेम देखिएको छ ।

भारतका तर्फबाट शान्ति वार्ताका लागि कुनैं जवाफ नआएको भए पनि शान्तिको लागि पहल स्वरुप आफुले पाइलट फिर्ता गर्न लागेको आजको पाकिस्तानी संसदमा खानले जवाफ दिनु भएको हो । अहिले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचन प्रचारमा लाग्नु भएको छ । अहिले भारतमा पाकिस्तानी प्रधानमन्त्रीको सर्मथनमा र मोदीको विरोधमा आवाजहरु आइरहेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here