प्रबेशिका खनालको “त्यो जुनलाई हेर्दा” कविता

Sharing is caring!

२०७५ फाल्गुन-९ काठमाण्डौ;

त्यो जुनलाई हेर्दा

रातको बिरक्त लाग्दो पलहरुमा
त्यो सुनसान आकासमा
निस्फिक्री अन्धकारलाई छिचोल्दै
परको एउटा कुना बाट
नडराई,नलजाई,बिना संकोच
संसार उज्यालो पार्ने आसले उदायो त्यो जुन


उसलाई थाहा छ,
दिनभर एक्लै संसार उज्यालो पारेर
साथ नपाएपछी बिरक्तिएर निस्किएको हो घाम
त्यो सुनसान आकासमा
आफ्नो अस्तित्व नभेटेपछि
सुस्ताएको हो सुर्य

तर पनि किन
गहिरो आत्मबिस्वास छ जुन लाइ
किन कहिल्यै हार मान्दिन उसले
आकाशमा ताराहरुकै बाहुल्यता छ,थाहा छ
किन घामको अस्तित्व जोगाउदै छे उ???

किनकि
उसलाई थाहा छ
रात पछी दीन आइजान्छ
अनि हराइजानेछन चम्किरहेका उत्ताउला ताराहरु
अनि आकाश सिर्फ घामको हुनेछ
सिर्फ घामले चलाउने छ आकाशको राज्य …..

प्रबेशिका खनाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here