रुवाण्डाबाट केही सिकौं

Sharing is caring!

द्वन्द्वोत्तर रुवाण्डाको आर्थिक, सामाजिक बिकास र राजनीतिक प्रकृया अध्ययनको सिलसिलामा चौथो पटक जनवरीमा त्यहाँका बिभिन्न प्रान्त र जिल्ला भ्रमण गर्ने अवसर मिल्यो।

रुवाण्डामा सन् १९९४ को अप्रिल देखि जुलाई बीचको सय दिनमा लगभग ८० लाख जनसंख्या मध्य ८ लाख जति मारिएको थियो। यो घटना ‘रुवाण्डा आम नरसंहार’ का नामले बिश्वभर चर्चित छ।

नरसंहारमा मारिने मध्य ७२ प्रतिशत अल्पसंख्यक टुसी जातिका थिए भने मार्ने बहुसंख्यक हुतु जातिका। ६ अप्रिल १९९४ मा बुरुण्डीको राष्ट्रपति सहित रुवाण्डाका हुतु राष्ट्रपति जुभेनाल हावायरमाना चढेको बिमानमा अपरिचत ब्यक्तिले गोली हानी खसाल्दा उनीहरु मारिए।

अनि हुतु अतिबादीहरुले तुसी बिद्रोहीहरुले बिमान खसालेको भनि तुसी समुदायका सबैलाई खोजी खोजी हत्या गर्न थाले। त्यतिबेला रुवाण्डामा ८५ प्रतिशत हुतु, १४ प्रतिशत तुसी र १ प्रतिशत तावा जाती थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here