बसपार्क पछाडि विष्णुमति नदिमा गोरखाका एक युवाको शब फेला, हत्या भएको आशंका |

Sharing is caring!

काठमान्डौ
१८ पुस २०७५ |

राजधानीको नया बसपार्क पछाडी विष्णुमति नदीमा बुधबार मृत अवस्थामा एक पुरुषको शब फेला परेको छ | पानीमा डुबेको अवस्थामा फेला परेको शबको पहिचान समेत भएको प्रहरीले जनाएको छ | उक्त शब स्थाई घर गोर्खा जिल्ला भई हाल काठमाडौँमा अध्ययन गर्न बसेका अनुज सिम्खडाको रहेको कुरा खुल्न आएको छ | उनी राजधानीकै धोबिचौर स्थित पब्लिक युथ क्याम्पसमा बि बि यस तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थी थिए |

बुधबार सांझपख शब फेला परेको र अहिले शब पोस्टमार्टमको लागि त्री बि शिक्षण अस्पताल महाराजगंजमा राखिएको कुरा प्रहरीले जानकारी दिएको छ |

घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने

बुधबार बसपार्क पछाडी भेटिएको शबको प्रारम्भिक अध्ययन र शब फेला पर्नु अघिको घटनालाई अध्ययन गर्दा हत्या भएको हुन सक्छ | शब फेला पर्नु भन्दा केहि दिन अघि मृतककि बहिनि सुनिता सिम्खडाले आफ्नो फेसबुकमा आफ्नो दाजु पुष १० देखि हराएको र फेला पार्नुहुनेले प्रहरीमा खबर गरिदिन वा फोन गरिदिन भन्दै मोबाइल नम्बर राखेर पोस्ट गरेकी थिईन |
उक्त पोस्ट गरेको केहि दिन पछि नै मृत अवस्थामा अनुजको शब फेला पर्नुले घटनालाई हत्याको आशंका गरिएको छ | तर यस बिषयमा प्रहरिले पोस्टमार्टम पछि मात्रै घटनाको सत्य तथ्य बाहिर ल्याउने कुरा जानकारी गराएको छ |

राजधानीमा दिन दहाडै हुने यस्ता घटनाले देशको सुरक्षा स्थितिको खिल्ली उदाएको भान हुने गर्दछ |

2 COMMENTS

  1. Comment: एक्लै दुव्लै ढुक्क मनले हिड्न पनि गाह्रो छ आफ्नो देशमा पनि आखिर कस्को कमजोरी त कि त अफगानिस्तानमा जस्तै एक व्यक्ति एक हतियार चाहियो जन्मने वितिकै किताब होईन टेनिङ् र Gun चाहियो हैन भने खुला ढुक्क मनले आफ्नो देश भनि गर्वका साथ हिनडुल घुमफेर गर्न पाहियोस् विना अपराध व्यवहारिक लास हुन कसैलाई पनि नपरोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here