४ न. प्रदेश सभामुखमा नेत्रनाथ अधिकारी निर्विरोध

राजनिती

२ फागुन २०७४, पोखरा ।


प्रदेश न. ४ को प्रदेश सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन् । बुधबार मनोनयन दर्ताको दिन एकजनाको मात्र उम्मेद्बारी परेकोले नेत्रनाथ अधिकारी निर्विरोध भएका हुन ।

मनोनयन दर्ताका लागि बुधबार बिहान साढे १० देखि साढे १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

नेनेत्रराजको प्रस्तावकमा माओवादी केन्द्रक सांसद हरिबहादुर चुमान थिए भने समर्थकमा नेकपा एमाले सांसद किरण गुरुङ रहेका छन् ।

४ नम्बर प्रदेश मा वाम गठबन्धनबीच मुख्यमन्त्री एमालेलाइ र सभामुख माओवादीलाई दिने गरी भागबन्डा गरिएको थियो । माओवादीको संसदीय बैठकले अधिकारीलाई सभामुख बनाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *