२ न. प्रदेशको प्रस्तावित मुख्यमन्त्री मुस्लिम ।।

राजनिती

२२ माघ २०७४, विरगन्ज।


२ न.प्रदेशका ठूला दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मुख्यमन्त्री फोरमलाइ र सभामुख राजपालाइ दिने सहमति गरेका छन्।

करिव करिव संघीय समाजवादी फोरमका उपाध्यक्ष मोहम्मद लालबाबु राउत २ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएका छन । आइतबार राति फोरमको संसदीय दलको नेतामा रावत चुनिएपछि उनि मुख्यमन्त्री बन्ने पक्कापक्कि भएको हो।

राजपाले पनि रावतलाइ प्रदेश-२ को मुख्यमन्त्री स्वीकारेको छ।

मुख्य मन्त्री फोरमका उपाध्यक्ष रावतले पाउने भएपछि राजपालाइ सभामुख दिने दुई दलबीच सहमति भएको राजपाका नेता मनिस सुमनले कालिकाखबरलाइ बताए।

प्रदेश सभामा संघीय समाजवादी फोरमले २९ सिट र राष्ट्रिय जनता पार्टीले २५ सिट ल्याएका छ्न। फोरम र राजपा मिलेमा स्पष्ट बहुमत पुग्छ।

बिरगंजका स्थानिय बासी रावत मुस्लिम समुदायका प्रदेशसभा सदस्य हुन्। उनी दोश्रो संविधानसभामा समानुपातिका सांसद समेत बनेका थिए। यस पटक पर्सा क्षेत्र नम्बर २ ‘क’बाट उनी निर्वाचित भएका हुन्।

२० वर्ष अंग्रेजी शिक्षक बनेक्क रावतले १६ वर्ष वीरगञ्ज नगरपालिकामा दोश्रो श्रेणीको कर्मचारीको रूपमा काम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *