हरेक पाइलाको चाल अलग(गजल): नवीन पन्त

रचना

२८ माघ २०७४, कालिकाखबर।

हरेक पाइलाको चाल अलग(गजल)

प्रत्येक मान्छेहरुको हाल अलग छ,
धनी र गरिब बिचमै खाल अलग छ।

लुट्नेहरुले चुपचाप लुटिरहदाँ पनि
त्यसपछी तिनैले खाने थाल अलग छ।

जिन्दगी त खरायो र कछुवाको खेल रैछ
यहाँ पाइलैपिच्छे सबैको चाल अलग छ।

जन्म र मृत्यु शाश्वत सत्य हो जान्दा पनि
एकदिन टप्प टिपेर लग्ने काल अलग छ।

संघर्ष गर्दै गर्दा पनि गन्तब्य नभेटिएपछि,
यहाँ आफ्नैहरुले बिछ्याउने जाल अलग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *