सरकारको मनोनएन राष्ट्रपतिले अस्विकार गर्न मिल्दैन : मोहनबहादुर बस्नेत

राजनिती

१ फागुन २०७४, काठमाडौं ।


नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको ३ जनाको मनोनयन राष्ट्रपतिले अनुमोदन गर्ने बताएका छन् ।

आज मंगलबार रिपोर्टर्स क्लबमा मन्त्री बस्नेतले सरकारले राष्ट्रियसभामा मनोनित कृष्ण पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको जानकारी दिँदै उक्त नाम अनुमोदन गर्नुपर्ने दाबी गरे ।

प्रधानमन्त्रीले गरेका सिफारिलाई राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने मन्त्री बस्नेतले जिकिर गरे । ‘यदि प्रधानमन्त्रीले संविधानसम्मत रुपमा गरेका सिफारिसहरुलाई राष्ट्रपतिले अस्वीकार गर्नुभयो भने यो त क्याविनेट प्रणालीमाथिको प्रश्न हो, मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ’ मोहनबहादुर बस्नेतले भने।

मन्त्री मोहनबहादुर बस्नेतले एमाले तथा माओबादिका कतिपय शीर्ष नेताहरुले सरकारले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकोप्रति आफुहरुको आपत्ति रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *