बुढिगन्दकी जलविद्युत आयोजनाको नाममा ठगी धन्दा मोउलाउदै।।

आर्थिक

२३ माघ २०७४ धादिङ ।


बूढीगण्डकी जलविद्युत् आयोजनाको नाममा केही समय देखि ठगि धन्दा मौलाउँदै आएको छ । एउटै जग्गा विभिन्न व्यक्तिहरुको नाममा देखाएर सरकारी पैसा खाने क्रम शुरु भएको देखिएको छ ।

आफूले पाउनेभन्दा बढि रकम असुलेर धादिङका केही व्यक्ति बेपत्ता भएपछि यस्तो कुराको खुलासा भएको हो । ठगी गर्नेहरु धादिङको साविक मैदी–८ का भीमलाल श्रेष्ठ, रुद्रलाल श्रेष्ठ, धनबहादुर श्रेष्ठ तथा साविक खरी–२ का चक्रपाणि पोखरेलले पाउनेभन्दा बढी पैसा मुआब्जावापत लिएर बेपत्ता भएका पाइएको छ ।

उनीहरुलाई खोजीलाइ खोजी गर्न प्रहरीसमेत परिचालन गरिएको छ । उनीहरुले संयुक्त लालपूर्जामा रहेको जग्गाबाट ८ करोड रकम लिएर बेपत्ता भएको बूढीगण्डकी आयोजना समितिले जनाएको छ ।

उनीहरुलाई पत्ता लगाई कानुनी कारबाही गर्ए जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । कुल ८ रोपनी ९ आना जग्गाको ५२ लाखमात्रै मुआब्जा हुनुपर्ने तर उनीहरुले डबल रकम बुझेको पाइएको छ ।

महालेखा परीक्षक कार्यालयले ६ करोड बढी देखाएपछि उनीहरुको खोजी भएको तर उनिहरु भागेका हुन । चक्रपाणि पोखरेलले अझ बढी अर्थात आफूले पाउनुपर्ने भन्दा ९ गुणा बढी रकम अर्थात ४२ लाख रकम बुझेको देखिएको छ ।

उनीहरुलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । चालू आवमा १० अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने तर हालसम्म कुनै पनि रकम वितरण आएको छैन । स्थानीयले मुआब्जा नपाएको भन्दै विरोध पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *