बाम एकता, माओबादिलाई अध्यक्ष र एमालेलाई महासचिव :बामदेव गौतम

राजनिती

२९ माघ २०७४, काठमाडौं।

नेकपा नेकपाका बरिस्ठ उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिएर र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने बताएका छ्न। एस्तो मोडालिटी प्रस्ताव गर्दै पार्टी एकता अपरिहार्य रहेको उनले जनाए ।

उनको  मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव (कार्यकार्यी) बनाउने  प्रस्ताव छ । उनले तत्कालीन माक्सवादी एकीकरण गर्दाको मोडेल प्रस्तुत गरेका हुन। ०७४ सालमा नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरण हुदा सानो पार्टी माक्र्सवादीबाट मनमोहन अधिकारी अध्यक्ष र ठुलो पार्टी माले बाट मदनकुमार भण्डारी महासचिव भएका थिए।

उनका अनुसार एमालेले फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको र त्यसअगावै माओवादीसँग एकता गर्ने  सहमति खोज्ने तयारीमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *