बाम एकता नयाँ मोडमा, सह-अध्यक्षमा सहमती हुने संभावना

राजनिती

२९ माघ २०७४, काठमाडौं ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र (बाम गठबन्धन) को पार्टी एकतालाई लिएर आशंका व्यक्त भइरहेका बेला  दुई  अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डबीच सहमति हुनलागेको देखिन्छ ।

नेताहरुका अनुसार केही दिनमै ‘छिट्टै पार्टी एकता’ हुने सन्देश दिने प्रयास भइरहेको छ ।

दुई मुख्य नेताहरु एमाले अध्यक्ष केपि ओली र माओवादी अध्यक्ष प्रचण्ड ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा भेटेका हुन् । अधिकारी प्रचण्ड निकट निर्माण व्यवसायी मानिन्छन् ।

वार्तामा के भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् ।तर, दुवै दलका नेताहरुले शीर्ष दुई नेताबीच भएको संवाद सकारात्मक रहेको बताएका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘टुंगिने चरणमा छ भन्ने संकेत पाएको छु ।’

स्रोतका अनुसार दुई नेताबीच नेतृत्वको मोडालिटीबारे छलफल भइरहेको छ तर, टुंगिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *