बर्दिबामा कुकुर आतंक १३ घाइते !!

बिभिध

२२ माघ २०७४, बर्दिवास ।


महोत्तरीको बर्दिवास नगरपालिकामा सोमबार एकै दिन कुकुरले १३ जनालाइ कुकुरले टोकेको छ । कुकुरको टोकेर १३ जना घाइते भएका छन् । कुकुरले अधिकांशलाई घाँटी भन्दामाथि टोकेको छ । घाइतेमध्ये ८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

घाँटीमाथि टोकेका कारण विरामिलाइ उपचार गर्न काठमाडौं लगिएको बर्दिवास अस्पतालले जनाएको छ । अरु ५ घाइतेको उपचार बर्दिवासका विभिन्न अस्पतालहरुमा भइरहेको छ ।

गम्भीर घाइतेहरुको यहाँ उपचार सम्भव नदेखिएपछि थप उपचारको लागि काठमाडौं लगिएको शुभस्वस्तिक हस्पिटलले जानकारि दिएको छ । कुकुरले टोकेकामध्ये अधिकाश बालबालिकाहरु रहेका छन् ।

बाटोमा हिड्ने बालबालिकालाई कुकुरले टोक्दै हिँडेको प्रत्यक्षदर्शीले जानकारी दिए । बिहानैदेखि कुकुरले टोकेको खबर फैलिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छ्न। मानिसहरुलाइ टोक्ने कुकुरलाई स्थानीयले मारेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी आएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *