प्रदेश २ मा प्रदेश प्रमुखले बोलाए सर्वदलिय बैठक

राजनिती

२०७४ माघ १७ , जनकपुर ।

प्रदेश न. २ का प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठकको तयारीबारे छलफल गर्न सर्बदलिय बैठक बोलाएका छ्न।

प्रदेश प्रमुख रत्नेश्वर कायस्थले भोलि बिहीवार, माघ १८ गते  प्रदेशसभामा उपस्थित दलहरुको बैठक बोलाएका हुन् । बैठकमा संघीय समाजवादी फोरम नेपाल,  राजपा, एमाले, कांग्रेस, माओवादी  र संघीय समाजवादी पार्टीको प्रतिनिधिहरु सहभागी हुनेछन् ।

भोलि प्रदेश न. २ को प्रदेेश सभा सदस्यहरुको पहिलो बैठकको तयारी लगायतका विषयमा छलफल हुने प्रदेेश प्रमुुुुखले जनाए।

प्रदेश न.२ को पहिलो बैठक माघ २१ गते बस्दैछ । स्थानीय शैक्षिक तालिम केन्द्रमा प्रदेशसभा बैठक  बस्ने  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *