प्रदेश न.४ मुख्य मन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त

राजनिती

२९ माघ २०७४, पोखरा ।

नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए । गुरुङ आइतबार मात्र एमाले संसदीय दलको नेता चुनिएका थिए ।

मलाई २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गरिएको छ । प्रदेश नम्बर ४ निर्वाचित १२ जना सांसदको समेत समर्थन रहेकाले संविधानअनुसार नियुक्त गरिपाउँ,’ एमाले संसदीय दलका नेता पृथ्वीसुब्बाले प्रदेश प्रमुखलाई पठाएको पत्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *