प्रदेश न.३: सभामुखमा सानू श्रेष्ठ निर्विरोध

राजनिती

२७ माघ २०७४, हेटौंडा ।

प्रदेश न.३ को प्रदेश सभामुखमा नेकपा एमालेका सानू श्रेष्ठ निर्विरोध भएका छ्न।

हेटौंडामा भएको नोमिनेसनमा प्रदेश सभामुखका लागि सानु श्रेष्ठको मात्र उम्मेदवारी परेको हो । श्रेष्ठको प्रस्तावकमा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल र समर्थकमा  रामेश्वर फुयाल छन ।

प्रदेशसभाको बैठकले एक जनाको मात्र उम्मेद्बारी परेको ले सानू श्रेष्ठलाई निर्विरोध निर्वाचित घँषणा गरेको छ।

नेकपा एमालेको अर्को समूह माधवकुमार नेपाल समुहले सभामुखमा राजेन्द्रमान श्रेष्ठलाई  उम्मेदवार बनाउने तयारी गरे पनि उम्मेद्बारी दर्ता भने गराएन  ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य क. सानू श्रेष्ठ काठमाडौं क्षेत्र न. २ को `क बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । उनी मुख्यमन्त्रीको दावेदार भएपनि सभामुखमा उम्मेद्बारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *