प्रदेश न.१ को मुख्यमन्त्री आचार्य कि राई ?

राजनिती

२३ माघ ७४, विराटनगर ।


बाम गठबन्धनको स्पष्ट दुई तिहाइ बहुमत रहेको प्रदेश न.१ मा नेकपा एमाले मात्रै स्पष्ट बहुमत छ। एमालेले आफ्नो एकल बहुमत रहेको प्रदेश न. १ मा अझैपनि मुख्यमन्त्रीको उम्मदेवार तय गर्न सकेको छैन । यसको कारण हो मुख्यमन्त्रीका दावेदार एक भन्दा धेरै हुनु। सोमबार बिराटनगरमा बसेको नेकपा एमाले प्रदेश सचिवालयको बैठकमा सहमति जुटेन। नेकपा एमालेले माघ २६ गते संसदीय दलको नेताका चुन्ने छ ।

सोमबार बिराटनगरमा बसेको एमाले सचिवालय बैठकले २६ गतेका लागि संसदिय दलको बैठक बोलाएको हो । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने हुनाले सम्सदिय दलको नेता छान्न विवाद आयको हो । प्रदेश न.१ मा मुख्यमन्त्रीका लागि एमालेभित्र तीन नेताको दाबि छ ।

नेकपा एमाले अध्यक्ष केपी ओली समूहबाट प्रदेश सभा संसद शेरधन राई मुख्यमन्त्रीका दाबेदार हुन तर माधव नेपाल पक्षबाट एमाले सचीव भिम अचार्य र जीवन घिमिरे मुख्यमन्त्रीका दाबेदार छन् ।

प्रदेश न. १ मा ९३ सांसद मध्ये नेकपा एमालेका ५१ जना छन् । जस मध्येबाट संसदीय दलको निर्वाचनमा जस्को बहुमत आउँछ, उहि संसदीय दलको नेता तथा मुख्यमन्त्रीको उम्मदेवार बन्छ ।

नेकपा एमाले नेताहरुका अनुसार ५१ मध्ये केपी ओली समूहमा भन्दा माधव नेपाल समुहको बढी सम्सद छन । तर, माधव नेपाल पक्षबाट २ जनाले उम्मदेवारी दिएकाले शेरधन राई मुख्यमन्त्री हुने सम्भावना रहेको नेताहरुको दाबी छ ।

देशै भरिका ७ प्रदेशहरु मध्ये नेकपा एमालेलको प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्री हुने भएको छ । प्रदेश न. २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी ले लालबाबु रावतलाई मुख्मन्त्री बनाउने भएका छ्न । वाम गठबन्धनको भएको भागवण्डा अनुसार प्रदेश न. ६ र ७ मा माओवादीले मुख्यमन्त्रीको भाग पाएको छ तर उम्मेद्वार भने निश्चित गर्न सकेको छैन । प्रदेश ५ मा भने नेकपा एमालेका शंकर पोखरेल मुख्यमन्त्री बन्ने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *