पुर्व गृहमन्त्री जनार्दन सर्माको गाडी दुर्घटना

राजनिती

२० माघ २०७४, काठमाडौं ।


पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको गाडी ललितपुरमा दुर्घटना भएको छ । उक्त गाडीमा शर्मा थियन्न। । जनार्दन शर्माको छोरा प्रकाश शर्मा अनि चालक गाडीमा सवार थिए ।

तरकारी किन्न जावलाखेल गएको गाडी दुर्घटना भएको हो।
हिजो शुक्रबार बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार ललितपुरको पुल्चोक पुल नजिकै पल्टिएको हो । गाडीमा सवार दुबै जनालाई केही नभएको तर गाडीमा भने सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

पूर्वगृहमन्त्री शर्माको दुईवटा गाडी छन् । एउटा गाडीमा जनार्दन चढ्छन् भने अर्को गाडीमा परिवारका अरु सदस्यहरु चड्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *